images
images

फेरि रेकर्ड मूल्यमा सुन, एक तोलाको १ लाख ८० हजार नाघ्यो

फेरि रेकर्ड मूल्यमा सुन, एक तोलाको १ लाख ८० हजार नाघ्यो

बिहिवार, चैत २१ २०८१
बिहिवार, चैत २१ २०८१
  • फेरि रेकर्ड मूल्यमा सुन, एक तोलाको १ लाख ८० हजार नाघ्यो
    images
    images
    images
    images

    काठमाडौँ / बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलाको एक लाख ८० हजार रुपैयाँभन्दा माथि पुगेको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८० हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यो हालसम्मकै उच्च हो । सुनको यसअघिको उच्च मूल्य यही चैत १९ गते प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँ कायम थियो ।
    अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

    यसैगरी चाँदीको मूल्यमा भने गिरावट आएको छ । बुधबार प्रतितोला २ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com