images
images

थाइल्यान्डको औपचारिक भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली

थाइल्यान्डको औपचारिक भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली

शनिवार, चैत २३ २०८१
शनिवार, चैत २३ २०८१
  • थाइल्यान्डको औपचारिक भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
    images
    images
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमणबाट स्वदेश फर्किएका छन् । शनिबार थाइल्यान्डको भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिई उनी स्वदेश फर्किएका हुन् । 

    प्रधानमन्त्रीलाई आज बिहान थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटसहितले बिदाइ गरेका थिए । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो । उनी चैत्र १९ गते भ्रमणमा गएका थिए । 

    प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक-विकास सल्लाहकार डा.युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार