चर्चित समाचार
  • कुमारी बैङ्कले ल्यायो बिना धितो, छिटो छिटो, क्यूआर मर्चेन्टस्हरूलाई कुमारी फोन लोन सुविधा

    कुमारी बैङ्कले ल्यायो बिना धितो, छिटो छिटो, क्यूआर मर्चेन्टस्हरूलाई कुमारी फोन लोन सुविधा

    सोमवार, जेठ ७ २०८१
    सोमवार, जेठ ७ २०८१
  • कुमारी बैङ्कले ल्यायो बिना धितो, छिटो छिटो, क्यूआर मर्चेन्टस्हरूलाई कुमारी फोन लोन सुविधा

    काठमाडौँ / कुमारी बैङ्क लिमिटेडले कुमारी मोबाइल बैङ्किङ्ग एपमार्फत नै २ लाख रुपैयाँसम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ । ‘सबैका लागि सधैँका लागि अनवरत डिजिटल बङ्ैकिङ्ग’ प्रर्वद्धन गर्दै आधुनिक जीवनशैलीमा आधारित सेवा तथा सुविधाहरू प्रदान गर्दै आईरहेको बैङ्कले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरूलाई बिना झन्झट यस्तो सुविधा सञ्चालनमा ल्याएको हो । 

    यसबाट विशेषगरी र घरेलु, साना तथा मझौला उद्यमीहरूका वित्तिय कारोबारहरू डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरूका सानातिना वित्तीय आवश्यकताहरू परिपूर्ति हुँदा वित्तीय पहुँच समेतमा विस्तार हुने अपेक्षा रहेको बैङ्कले जनाएको छ । 

    विगत २२ वर्षदेखि निरन्तर बैङ्किङ्ग सेवा दिदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैङ्किङ्ग ईकाईहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

    आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार