चर्चित समाचार
  • महालक्ष्मी विकास बैङ्कको ३० औँ वार्षिकोत्सव सम्पन्न, जेठ महिनाभर विभिन्न कार्यक्रमहरू सञ्चालन हुने

    महालक्ष्मी विकास बैङ्कको ३० औँ वार्षिकोत्सव सम्पन्न, जेठ महिनाभर विभिन्न कार्यक्रमहरू सञ्चालन हुने

    सोमवार, जेठ ७ २०८१
    सोमवार, जेठ ७ २०८१
  • महालक्ष्मी विकास बैङ्कको ३० औँ वार्षिकोत्सव सम्पन्न, जेठ महिनाभर विभिन्न कार्यक्रमहरू सञ्चालन हुने

    काठमाडौँ / महालक्ष्मी विकास बैङ्क लिमिटेडले आजदेखि ३० औँ वर्षमा प्रवेश गरेको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूबाट बैङ्किङ्ग सेवा प्रदान गर्दै आइरहेको बैङ्कले विभिन्न कार्यक्रमहरूको आयोजना गरी ३०औँ बार्षिकोत्सव मनाएको हो । 

    अवसरमा बैङ्कले वित्तीय साक्षरता -याली तथा आफ्ना ८ वटा शाखाहरूमार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

    यसका साथै स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२४, श्रृङ्खला ३ लगायत विभिन्न कार्यक्रमहरू गरी ३० औँ वार्षिकोत्सव सम्पन्न गरिने बैङ्कले जनाएको छ । सो अवसरमा बैङ्कले आफ्ना सेयरधनीहरू, ग्राहकवर्ग, नियामक निकाय एवं शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

    बैङ्कले वार्षिकोत्सवको अवसरमा जेष्ठ ६ गते, आइतबार आठ शाखा कार्यालयहरूमार्फत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल २९५ पिन्ट रगत सङ्कलन गरेको थियो । 

    10.jpg

    स्वास्थ्य क्षेत्रमा चुनौतीको रूपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैङ्कले ३० औँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । 

    त्यस्तै केन्दि«य कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा जेष्ठ ५ गते, शनिबार बिहान ७ः३० देखि ८ः३० बजेसम्म वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैङ्किङ्ग सेवाहरू, जस्तै मोवाइल बैङ्किङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरूको प्रयोग गरिएको थियो ।

    बैङ्कले जेठ ७ गते, सोमबार केन्द्रिय, प्रादेशिक तथा शाखा कार्यालयहरूमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरूलाई स्थानिय भेषभूषामा बैङ्कमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

    त्यसैगरी बैङ्कको केन्द्रिय कार्यालय दरबारमार्गमा जेठ ८ गते स्वास्थ्य शिविर र जेठ ९ गते आँखा शिविर सञ्चालन गरिनेछ भने विगत २ बर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको तेस्रो श्रृङखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग - २०२४, श्रृङ्खला ३) १६ टिमको सहभागितामा बैङ्कले जेठ २२, २३ र २४ गते सञ्चालन गर्नेछ । 

    11.jpg‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै विगत ३० वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैङ्कको देशभर १०३ वटा शाखा कार्यालयहरू र ७ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार