चर्चित समाचार
  • १० महिनामा कुन भन्सार कार्यालयबाट कतिको भयो आयात–निर्यात ?

    १० महिनामा कुन भन्सार कार्यालयबाट कतिको भयो आयात–निर्यात ?

    वैदेशिक व्यापार सहजीकरण गर्न भन्दै सञ्चालनमा ल्याइएका अधिकांश भन्सार कार्यालयहरु आयातको लागि मात्रै प्रयोग भइरहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

    बुधवार, जेठ ९ २०८१
    बुधवार, जेठ ९ २०८१
  • १० महिनामा कुन भन्सार कार्यालयबाट कतिको भयो आयात–निर्यात ?

    काठमाडौँ / वैदेशिक व्यापार र आवतजावत सहजीकरण गर्न सञ्चालनमा ल्याइएका धेरैजसो भन्सार कार्यालयहरु आयातको लागि मात्रै प्रयोग भइरहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

    विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको १० महिनाको वैदेशिक व्यापार तथ्याङ् अनुसार अन्तराष्ट्रिय व्यापारका लागि प्रयोगमा रहेको २९ वटा भन्सार कार्यालयहरू मध्ये अधिकांश कार्यालय आयातका लागि मात्रै प्रयोगमा रहेको देखिएको हो । तर, यताबाट हुने निर्यातको तथ्याङ्क हेर्दा कुल भन्सार कार्यालयको ४० प्रतिशत नाका आयातका लागि मात्रै बनेको जस्तो देखिन्छ । किनकि, कुल २९ वटा भन्सार कार्यालयमध्ये ११ वटा कार्यालयबाट वस्तु तथा सामान निर्यात शून्य छ । 

    चालू वर्षको साउनदेखि बैशाख महिनासम्मको अवधिमा भद्रपुर, चोभार, गौतम बुद्ध एयरपोर्ट, जनकपुर, महेशपुर, पोखरा, राजविराज, सिरहा, सुनसरी, टाडी र त्रिवेणी नाकाबाट शून्य निर्यात छ । १० महिनाको अवधिमा विभागले सार्वजनिक गरेको तथ्याङ्कले यी नाकाबाट एक रुपैयाँको पनि निर्यात भएको छैन । यद्यपि, यही अवधिमा ती भन्सार कार्यालयबाट यस अवधिमा अर्बौँ रुपैयाँको सामान भित्रिएको छ ।

    शून्य निर्यात भएका नाकामध्ये भद्रपुरबाट ७९ करोड ८१ लाख ६६ हजार रुपैयाँ बराबरको सामान आयात भएको तथ्याङ्कले देखाएको छ । यस्तै, चोभारबाट ८२ करोड ८६ लाख ५६ हजार रुपैयाँ बराबरको आयात भएको छ । 

    त्यसैगरी, गौतम बुद्ध एयरपोर्टबाट ८ लाख ८४ हजार, जनकपुरबाट १ अर्ब २६ करोड ९६ लाख २४ हजार, महेशपुरबाट ३६ करोड ८३ लाख ३९ हजार, पोखराबाट २७ करोड ७४ लाख ६ हजार, राजविराजबाट २७ करोड ८२ लाख ३६ हजार, सिरहाबाट २६ करोड ४३ लाख १४ हजार, सुनसरीबाट १ अर्ब ५५ करोड ९० लाख २१ हजार, टाडीबाट ३ करोड ८ लाख ३८ हजार र त्रिवेणी नाकाबाट ३ लाख ८१ हजार रुपैयाँ बारबरको वस्तु तथा सामान आयात भएको देखिएको छ । 

    यी हुन् निर्यात शुन्य भएको १४ नाकाहरू 

    0N1.JPG

    वीरगन्जबाट हुन्छ सबैभन्दा धेरै आयात

    भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले आयात गर्ने खर्बौँ रुपैयाँ बराबरको वस्तु तथा सामान सबैभन्दा धेरै वीरगन्ज नाकाबाट आउँछ । चालू आर्थिक वर्षको १० महिनासम्ममा नाकाबाट ४ खर्ब ४७ अर्ब ३४ करोड ४ लाख १३ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको देखिएको छ । यो कुल आयातको ३४.३२ प्रतिशत हो । 

    साथै, सोही अवधीमा यस नाकाबाट २५ अर्ब ४७ करोड ७६ लाख ४७ हजार रुपैयाँ बराबरको सामान नेपालले विभिन्न मुलुकमा निर्यात गरेको छ । जुन कुल निर्यातको २०.१९ प्रतिशत हो । 

    यसपछि भैरहवा नाकाबाट १ खर्ब ९६ अर्ब ८१ करोड ७६ लाख २४ हजार रुपैयाँ, ड्राइपोर्ट नाकाबाट १ खर्ब ७२ अर्ब ७ करोड ६७ लाख ३० हजार रुपैयाँ, बिराटनगर नाकाबाट १ खर्ब ३८ अर्ब ६९ करोड ५२ लाख ४६ हजार बराबरको वस्तु आयात भएको छ । 

    यी हुन् बढी व्यापार हुने नेपालका ५ भन्सार कार्यालय

    AN2.JPG

    निर्याततर्फ त्रिभुवन विमानस्थलको हिस्सा सबैभन्दा धेरै

    आयाततर्फ वीरगन्ज नाकाबाट सबैभन्दा धेरै वस्तु भित्रिने गरेपनि निर्याततर्फ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट सबैभन्दा धेरै वस्तु जाने गरेको विभागको तथ्याङ्कले देखाएको छ । 

    तथ्याङ्कअनुसार यो १० महिनाको अवधिमा टीआईएबाट २८ अर्ब ३६ करोड ६२ लाख ९७ हजार रुपैयाँ बारबरको वस्तु निर्यात भएको छ । यो कुल निर्यातको २२.४८ प्रतिशतहो । यस नाकाबाट १० महिनाको अवधीमा १ खर्ब १७ अर्ब ४९ करोड ९३ लाख ५ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । 

    दर्जन नाकाबाट आयात १ अर्ब भन्दा कम

    विभागको तथ्याङ्क अनुसार दर्जन नाका कार्यालयबाट १ अर्ब रुपैयाँ भन्दा कमको आयात भएको पाइएको छ । तथ्याङ्क अनुसार गौर, चोभार, भद्रपुर, सती, महेशपुर, राजविराज र पोखरा भन्सार कार्यालयबाट १ अर्ब भन्दा कम रुपैयाँ बराबरको आयात व्यापार हुने गरेको पाईएको छ । त्यस्तै, सिराहा, ठाडी, गौतम बुद्ध एयरपोर्ट, पशुपतिनगर र त्रिवेणी भन्सार कार्यालयहरुबाट पनि १ अर्ब भन्दा कम रुपैयाँ बराबरको वस्तु आयात भएको छ । 

    माथिका भन्सार कार्यालयहरुमध्ये गौतमबुद्ध विमानस्थल, पशुपतिनगर र त्रिवेणी भन्सार कार्यालयहरुबाट जम्मा क्रमशः ८ लाख ८४ हजार, ८ लाख ३१ हजार र ३ लाख ८१ हजार रुपैयाँ बराबरको मात्रै वस्तु आयात भएको छ । 

    अन्य कुन नाकाबाट कतिको भयो आयात–निर्यात ?

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार