बेपत्ता बङ्गलादेशी सांसद अनवारुल अजिमको कोलकातामा हत्या

बेपत्ता बङ्गलादेशी सांसद अनवारुल अजिमको कोलकातामा हत्या

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • images
    images
    बेपत्ता बङ्गलादेशी सांसद अनवारुल अजिमको कोलकातामा हत्या

    बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिम बुधबार कोलकातामा मृत फेला परेका छन् । उनी गत शनिबारदेखि बेपत्ता थिए।बङ्गलादेशका गृहमन्त्री असदुज्जमान खानले ढाकामा पत्रकार सम्मेलनमा सांसद अजिमको कोलकातामा हत्या भएको बताए । 

    images
    images

    बङ्गलादेश समाचारपत्र डेली स्टारका अनुसार बुधबार आफ्नो निवासमा पत्रकाहरूसँग मन्त्री खानले यस सिलसिलामा बङ्गलादेश प्रहरीले तीन जनालाई पक्राउ गरेको जानकारी दिए । 

    “यसमा संलग्न सबै हत्यारा बङ्गलादेशी भएको हामीले अहिलेसम्म थाहा पाएका छौँ, यो सुनियोजित हत्या थियो”, उनले भने । शवको ठेगानाबारे सोध्दा उनले आफूलाई अहिलेसम्म थाहा नभएको बताए । 

    उनले भने, “हामी चाँडै तपाईंहरूलाई यसको मनसायबारे सूचित गर्नेछौँ ।” भारतीय प्रहरीले मामिलामा सहयोग गरिरहेको उनले जानकारी दिए । 

    बेपत्ता सांसद अजिम मे १२ मा भारत प्रवेश गरी मे १३ मध्याह्नतिर साथीहरूसँग मेडिकल जाँचका लागि कोलकाता नजिकैको विधाननगरस्थित एक घरमा अन्तिम पटक देखिएका थिए । 

    कोलकाताको बिधाननगरमा रहेको पारिवारिक मित्रका अनुसार अजिमले दिल्ली जाने बताएका थिए तर मे १३ देखि हालसम्म उनीसँग सम्पर्क भएको छैन ।

    ढाकामा उनको परिवार तथा विधाननगरमा मित्रसँग मोबाइल सन्देशहरू मात्र आदानप्रदान भएको छ । सन्देशहरूले उनको दिल्ली जाने उद्देश्य रहेको सङ्केत गरेका छन् । 

    सञ्चारको अभाव र अचानक कथितरूपमा बेपत्ता भएकाले चिन्तित सांसदकी छोरीले आफ्नो बुबासँग सम्पर्क गर्न नसक्ने जानकारी पाएका सांसदका पारिवारिक मित्र गोपाल विश्वासले कोलकातास्थित विधाननगरको बारानगर प्रहरी चौकीमा बेपत्ता भएको उजुरी दिएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार