images
images

आजदेखि सस्तियो पेट्रोलियम पदार्थ, अब कुन सहरमा कति पेट्रोलको मूल्य ?

आजदेखि सस्तियो पेट्रोलियम पदार्थ, अब कुन सहरमा कति पेट्रोलको मूल्य ?

शनिवार, जेठ १९ २०८१
शनिवार, जेठ १९ २०८१
  • आजदेखि सस्तियो पेट्रोलियम पदार्थ, अब कुन सहरमा कति पेट्रोलको मूल्य ?

    काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

    निगमद्वारा जारी प्रेस विज्ञप्तिमा आज राति १ बजेदेखि लागू हुने गरी उक्त मूल्य घटाएको जनाएको छ । 

    घटेपछिको मूल्यमा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १६८ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५३ रहेको छ । 

    दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रहेको छ ।

    त्यस्तै, पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५० रुपैयाँ ५० पैसा पर्नेछ।

    निगमले हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने हाललाई यथावत राखेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार