images
images

केपी ओलीलाई मेयर बालेनको शब्द चड्कन् !, १० हजार करोडको काण्ड नलुकाउनु, फाइल पल्टिएला, जेल जानुपर्ला !

केपी ओलीलाई मेयर बालेनको शब्द चड्कन् !, १० हजार करोडको काण्ड नलुकाउनु, फाइल पल्टिएला, जेल जानुपर्ला !

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • केपी ओलीलाई मेयर बालेनको शब्द चड्कन् !, १० हजार करोडको काण्ड नलुकाउनु, फाइल पल्टिएला, जेल जानुपर्ला !
    images
    images
    images
    images

    काठमाडौं/  नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गिरीबन्धु चिया बगानको जग्गामा पिडितको बैना फिर्ता गर्न चुनौति दिदै नीतिगत घोटलामा ओलीको सहभागितालाई नकार्न नसक्ने बताएका छन् । 

    उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्याउन आग्रह पनि गरेका छन् । मेयर बालेनले सम्बोधन गर्दै भनेका छन्, ‘माननीय केपि ओलीज्यू,
    झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ ।’

    गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन।’

    मेयर बालेनले न्यूरोडमा पार्किङ हटाएपछि केही स्थानिय लगायत विरोधमा छन् । अझै उनले न्यूरोड फुटपाथलाई फराकिलो बनाउन लागेका छन् । यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री रघुबिर महासेठ तगारो बनेका छन् । उनले उक्त कार्यक्रमलाई अवरोध गर्दै आएका छन् । 
    यसै विषयलाई जुहारी खेप्दै आएका थिए । मेयर बालेनले मन्त्रालयको विभाग गेटमा एक ट्रक रिङरोडको धुलो लगेर घोप्ट्याइदिएका पनि थिए । 

    ओलीलाई सम्बोधन गर्दै १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउन थालेको प्रति चर्को टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।’

    समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गरि आरामले बस्न ओलीलाई आग्रह गरेका छन् । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला भनेर धम्की समेत दिएका छन् । 

    अध्यक्ष ओली पहिले पनि जेल बसेको सम्झाउँदै धन्यबाद ज्ञापन समेत गरेका छन् । 

     

    [नोट : मेयर बालेनको विचार तपाईँलाई कस्तो लाग्यो ? समाचार तल कमेन्टमा आफ्नो विचार व्यक्त गर्नुहोला।] 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com