images
images

नेपाल एसबिआई बैङ्क र इसेवा लिमिटेडबिच सम्झौता, व्यापार भुक्तानीहरूमा सहज हुने

नेपाल एसबिआई बैङ्क र इसेवा लिमिटेडबिच सम्झौता, व्यापार भुक्तानीहरूमा सहज हुने

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • नेपाल एसबिआई बैङ्क र इसेवा लिमिटेडबिच सम्झौता, व्यापार भुक्तानीहरूमा सहज हुने

    काठमाडौँ / काठमाडौँ नेपाल एसबिआई बैङ्क लिमिटेड र इसेवा लिमिटेडबिच इसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

    उक्त सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट लगायत बैंकका च्यानलहरू मार्फत ग्राहकहरूलाई आफ्नो इसेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने छ । 

    साथै, यस सम्झौताले इसेवा प्लेटफर्म मार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्न सहयोग पुर्याउनेछ ।

    उक्त सम्झौता पत्र बैङ्कका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे को उपस्थितिमा बैङ्कका तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कूमार पंडा र इसेवा लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत, जगदिस खड्काले हस्ताक्षर गरेका थिए । 

    उक्त कार्यक्रममा बैङ्कका प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमूख प्रविधि अधिकृत, सूनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रब्द्धन अधिकृत रितेश अर्याल र इसेवा लि. का प्रमूख रणनीति अधिकारी रवि शाक्य लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । 

    हाल यस बैङ्कले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार