images
images

अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्यो आज, कुन देशको मुद्रालाई कति ?

अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्यो आज, कुन देशको मुद्रालाई कति ?

बुधवार, जेठ २३ २०८१
बुधवार, जेठ २३ २०८१
  • अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्यो आज, कुन देशको मुद्रालाई कति ?

    काठमाडौँ / मङ्गलबार घटेको अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ आज बढेको छ । आज अमेरिकी डलरको भाउ बढेर एकको खरिद मूल्य १३३ रुपैयाँ ३६ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ९६ पैसा पुगेको छ । यसअघि एकको बिक्री दर १३३ रुपैयाँ ३४ पैसा र खरिद दर १३२ रुपैयाँ ७४ पैसा रहेको थियो । 

    यसैगरी, युरोपियन युरोको भाउ समेत बढेको छ । यसअघि एकको खरिद मूल्य १४३ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४४ रुपैयाँ ५७ पैसा कायम गरिएको युरो आज बढेर खरिदमा १४४ रुपैयाँ ९४ पैसा र बिक्रीमा १४५ रुपैयाँ ५९ पैसा पुगेको छ । 

    यसैगरी, युके पाउन्ड स्टर्लिङसमेत बढेर एकको खरिद दर १७० रुपैयाँ ११ पैसा र बिक्री दर १७० रुपैयाँ ८८ पैसा कायम भएको छ। 

    त्यस्तै, अष्ट्रेलियन डलरको भाउ समेत बढेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ५५ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ९५ पैसा पुगेको छ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ४४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८७ पैसा र सिङ्गापुरे डलर एकको खरिद दर ९८ रुपैयाँ ९६ पैसा र बिक्री दर ९८ रुपैयाँ ४१ पैसा पर्नेछ । 

    त्यस्तै, चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ४२ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ५१ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ५९ पैसा र बिक्रीमा ८ रुपैयाँ ६३ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५६ पैसा र बिक्री दर ३५ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ ३६ पैसा र बिक्रीमा २८ रुपैयाँ ४९ पैसा र साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६८ पैसा र बिक्री दर ९ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, हङ्कङ डलर एकको खरिदमा १७ रुपैयाँ ०७ पैसा र बिक्रीमा १७ रुपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिद मूल्य ४३५ रुपैयाँ २९ पैसा र बिक्री मूल्य ४३७ रुपैयाँ २५ पैसा र बहराइन दिनार एकको खरिदमा ३५३ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५५ रुपैयाँ ३६ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस्  

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार