images
images

बजार सामान्य घट्दा दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर

बजार सामान्य घट्दा दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर

बिहिवार, जेठ २४ २०८१
बिहिवार, जेठ २४ २०८१
  • बजार सामान्य घट्दा दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर

    काठमाडौँ / साताको अन्तिम कारोबारको दिन शेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक  १.९३ अंकले घटेर २ हजार ७७ को विन्दुमा कायम हुन पुगेको छ । 

    आज नेप्सेमा सूचीकृत ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा समूहमा हरियाली छाएको छ भने बाँकी ८ वटा समूह राताम्य भएका छन् । यता, बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । 

    जीवन बीमा समूह ०.२४ प्रतिशत र निर्जीवन बीमा समूह ०.३७ प्रतिशतले घटेको छ । बीमा समूह घट्दा आज एक जीवन बीमा कम्पनी र एक निर्जीवन बीमा गरी दुईवटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । 

    आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.२५ प्रतिशतले घटेर ७६८ रुपैयाँ कायम भएको छ । 

    यता, आज दुई बीमा कम्पनीको शेयर मूल्य भने सामान्य बढेको देखिएको छ । आज सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर मूल्य १.०६ प्रतिशतले बढेर ६८५ रुपैयाँ २० पैसा र एलआइसी नेपालको शेयर मूल्य ०.४४ प्रतिशत बढेर १३७९ रुपैयाँ पुगेको छ । 

    २२ कम्पनीको शेयर मूल्य घट्यो, 

    आज २२ वटा बीमा कम्पनीको सेयरमूल्य घटेको छ । जसअनुसार एनएलजीको १.१८ प्रतिशत घटेको छ भने रिलायबल नेपाल लाइफको १.१६ प्रतिशत घटेको छ । 

    यस्तै, सानिमा रिलायन्स लाइफको १.१२ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.११ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.९१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.८० प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.७१ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६३ प्रतिशत घटेको छ । 

    त्यसैगरी, सानिमा जिआइसीको ०.५१ प्रतिशत, सुर्यज्योति लाइफको ०.५१ प्रतिशत, हिमालयन एभरेष्टको ०.३५ प्रतिशत, आइजीआइ प्रेडेन्सियलको ०.३२ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.२९ प्रतिशतले घटेको छ भने, हिमालयन लाइफको ०.२६ प्रतिशत, सिटिजन लाइफको ०.१९ प्रतिशत, आइएमई लाइफको ०.१८ प्रतिशत, एशियन लाइफको ०.१८ प्रतिशत, आरबीसीएलको ०.११ प्रतिशत, नेपाल लाइफको ०.०२ प्रतिशत र नेशनल लाइफको ०.०२ प्रतिशतले सेयरमूल्य घटेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार