images
images

बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने १० कम्पनी कुन–कुन ?

बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने १० कम्पनी कुन–कुन ?

बिहिवार, जेठ २४ २०८१
बिहिवार, जेठ २४ २०८१
  • बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने १० कम्पनी कुन–कुन ?

    काठमाडौँ / साताको अन्तिम कारोबारको दिन शेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक  १.९३ अंकले घटेर २ हजार ७७ को विन्दुमा कायम हुन पुगेको छ । 

    images
    images
    images
    images

    आज नेप्सेमा सूचीकृत ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा समूहमा हरियाली छाएको छ भने बाँकी ८ वटा समूह राताम्य भएका छन् । यता, बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । 

    यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक

    आज बजार १.९३ अंकले घटेपनि कुनै कम्पनीको शेयर मूल्य भने बढेको पाइएको छ । आज सबैभन्दा धेरै इमर्जिङ नेपाल, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र मिड सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

    यस्तै, बुद्ध भुमी नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.८८ प्रतिशतका दरले कमाएका छन् भने माण्डु हाइड्रोका लगानीकर्ताले ८.४३ प्रतिशतका दरले कमाएका छन् ।

    3.JPG

    यी १० कम्पनीका लगानीकर्ताले गुमाए सार्वधिक

    आज बजार सामान्य घटेसंगै १३५ कम्पनीको शेयर मूल्य घटेको छ । आज सार्वधीक गुमाउने कम्पनीमा माई खोला हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीका लगानीकर्ताले आज ६.४० प्रतिशतका दरले गुमाएका छन् । 

    यस्तै, ज्योति विकास बैंक बन्ड २०८७ कम्पनीका लगानीकर्ताले ५(५३ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.३१ प्रतिशतका दरले गुमाएका छन् । 

    4.JPG

    यी १० कम्पनीको कारोबार सबैभन्दा धेरै 

    आज शेयर बजारमा ३२२ कम्पनीका ८८ लाख १३ हजार ३७४ कित्ता शेयर ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँमा किनबेच भएका छन्। यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । 

    – एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड ६८ लाख रुपैयाँ
    – सीईडीबी हाइड्रोपावरः १४ करोड ४५ लाख रुपैयाँ
    – पोखरा फाइनान्सः १४ करोड १३ लाख रुपैयाँ
    – हिमालयन लघुवित्तः १० करोड २६ लाख रुपैयाँ
    – सुपर मादी हाइड्रोपावरः ८ करोड ९६ लाख रुपैयाँ
    – स्वावलम्बन लघुवित्तः ७ करोड ८७ लाख रुपैयाँ
    – हाथवे इन्भेस्टमेन्टः ७ करोड ७८ लाख रुपैयाँ
    – माण्डु हाइड्रोपावरः ७ करोड ३४ लाख रुपैयाँ
    – शिवम सिमेन्टः ६ करोड ९३ लाख रुपैयाँ
    – स्वरोजगार लघुवित्तः ६ करोड ८९ लाख रुपैयाँ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार