चर्चित समाचार
  • कारणले बढ्दैछ बालबालिकामा दमको रोग ?

    कारणले बढ्दैछ बालबालिकामा दमको रोग ?

    आइतवार, जेठ २७ २०८१
    आइतवार, जेठ २७ २०८१
  • कारणले बढ्दैछ बालबालिकामा दमको रोग ?

    पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपाल सहित विश्वभर वायुप्रदुषण बढ्दै गएको छ । वायुप्रदुषण र जलवायु परिवर्तनका कारण मौसम समेत राम्रो हुन सकेको छैन । धुवाँ, धुलो, वायुप्रदुषण, वंशाणुगत गुण, घरमा धूम्रपान, मोटोपना, कम तौल जन्मिनु आदि कारणले बालबालिकामा दमको समस्या अत्याधिक बढेको पाईन्छ । 

    ग्राण्डी अस्पतालमा आउने १०० जना विरामी मध्ये ५ देखि १० जना विरामी दमका हुने गरेको छ । बालबालिकामा मौसम परिवर्तन, चिसोका कारण, रूघाखोकि, भाईरल ज्वरो हुँदा, श्वासप्रश्वास नली साँघुरिंदा दमको समस्या हुने गरेको छ ।

    श्वासप्रश्वास नली साँघुरिंदा खोकी बढी मात्रामा लाग्ने समेत गर्दछ । रुघाखोकी बारम्बार लाग्ने, सुत्ने र उठ्ने बेलामा लाग्ने, दौडिँदा, हाँस्दा, खेल्दा बोल्दापनि बढी खोकी लाग्ने, एन्टिवायोटिक खादाँ एक दुई हप्ता ठिक हुने र बल्झिने, घ्यारघ्यार आवाज आउने यस्तो भएमा दम भएको हुनसक्छ । यस्तो भएमा तत्काल विशेषज्ञ चिकित्सककोमा लैजानुपर्छ । 

    दमलाई औषधीले ठिक गर्ने होइन, ठिक समयमा दम भएको पत्ता लागेमा दमको उपचार गर्न सकिन्छ । अन्यथा, दम दिर्घरोग भएर जान सक्छ । दमबाट हुने समस्यालाई कम गर्न इन्हेलरको प्रयोग गर्न सकिन्छ ।

    इन्हेलर विभिन्न खालका हुन्छन् । जसलाई डाक्टरको सल्लाह बमोजिम प्रयोग गर्नु पर्ने हुन्छ । बच्चाहरूमा मुख्यत दम एलर्जीबाट हुने हुंदा ठीक संग औषधी लिएमा पछी गएर आफै हराऊन सक्छ र लामो समय इन्हेलर लिइ रहनु पर्ने आवस्यकता रहँदैन । 

    दमका विरामीबाहेक अस्पताल आउने अन्य विरामीमा रुघाखोकी, निमोनिया, टन्सिलाइटिस र ज्वरोका विरामी बढी आउने गरेका छन् । 

    रुघाखोकीका विरामी अत्याधिक रुपमा बढेको छ । बिरामी बच्चाहरु स्कुलमा पठाउँदा अन्य बच्चा समेत विरामी हुने गरेको पाइन्छ । मौसम परिवर्तन र खानपानमा विशेष ध्यान नदिँदा श्वासप्रश्वासका विरामी अत्यधिक बढेका छन् ।

    लेखक डा. सञ्जयराज थापा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका बाल, एलर्जी तथा दमरोग विशेषज्ञ हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार