images
images

बीमा समूहका दुईवटै उपसूचक घटेपनि ६ कम्पनीको भने सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन रि

बीमा समूहका दुईवटै उपसूचक घटेपनि ६ कम्पनीको भने सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन रि

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • बीमा समूहका दुईवटै उपसूचक घटेपनि ६ कम्पनीको भने सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन रि

    काठमाडौँ / साताको पहिलो कारोबारको दिन अर्थात आज आइतबार शेयर बजार ५.५९ अंकले घटेको छ । यसदिन नेप्से ०.२२ प्रतिशतले घटेर २०७३.१९ विन्दुमा बन्दुमा कायम हुन पुगेको छ । 

    images
    images
    images
    images

    यद्यपी यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । बिहीबार चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रूपैयाँको कारोबार भएकोमा आइतबार पाँच अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रूपैयाँको सेयर कारोबार भएको छ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८० करोड रूपैयाँ वृद्धि भएको हो। यस दिन ३१३ वटा धितोपत्रको एक करोड चार लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच भएको हो ।

    नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी ८ वटा उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । आज जीवन बीमा समूह ०.६८ प्रतिशत र निर्जीवन बीमा समूह ०.४५ प्रतिशतले घटेको छ । 

    बीमा समूह घटेपनि आज ६ वटा बीमा कम्पनीका सेयरमूल्य बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.२३ प्रतिशतले बृद्धि भई ५६८.७० रुपैयाँ पुगेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरभाउ पनि १.०४ प्रतिशतले बढेर ७७६ रुपैयाँ पुगेको छ । 

    त्यस्तै, सूर्यज्योति लाइफको ०.२२ प्रतिशत, नेको इन्स्योरेन्सको ०.१३ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.१२ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.०१ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा भने एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ १.३८ प्रतिशतले घटेर १३६० रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.०८ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको १.०७ प्रतिशत, एशियन लाइफको १.०६ प्रतिशत, आइएमई लाइफको १.०२ प्रतिशत, सानिमा जिआइसीको ०.९५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.९१ प्रतिशत, नेपाल लाइफको ०.८९ प्रतिशत, सन नेपाल लाइफको ०.८४ प्रतिशत रुपैयाँ कायम भएको छ । 

    यस्तै, नेपाल इन्स्योरेन्सको ०.८० प्रतिशत, एनएलजीको ०.७७ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.७६ प्रतिशत, सिटिजन लाइफको ०.६५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.६० प्रतिशत, हिमालयन लाइफको ०.५२ प्रतिशत, नेशनल लाइफको ०.१८ प्रतिशत, युनाइटेड अजोडको ०.१८ प्रतिशत, हिमालयन एभरेष्टको ०.१७ प्रतिशत र शिखर इन्स्योरेन्सको ०.१४ प्रतिशतले घटेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार