images
images

चिरख्वा हाईड्रोपावरको बार्षिक सधारण सभा असार २७ गते, के–के छन् एजेन्डा ?

चिरख्वा हाईड्रोपावरको बार्षिक सधारण सभा असार २७ गते, के–के छन् एजेन्डा ?

सोमवार, जेठ २८ २०८१
सोमवार, जेठ २८ २०८१
  • चिरख्वा हाईड्रोपावरको बार्षिक सधारण सभा असार २७ गते, के–के छन् एजेन्डा ?

    काठमाडौँ / चिरख्वा हाईड्रोपावर लिमिटेडले असार २३ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार २३ गते बार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । 

    images
    images
    images
    images

    सो दिन बिहान ११ बजे काठमाडौँको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सभा डाकिएको हो । उक्त सभामा कम्पन्रीको ठेगाना परिवर्तन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा समसामायिक थप संशोधन गर्ने जस्ता विेशष प्रस्ताव पारित गरिनेछ ।  

    सभामा अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ ।  

    यस्तै सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

    वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असार १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

    यसर्थ असार ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन योग्य हुनेछन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार