चर्चित समाचार
  • बजार ८.९० अंकले बढ्दा पनि यी १० कम्पनीका लगानीकर्ताले गुमाए सार्वधीक, कमाउने १० कम्पनी कुन–कुन ?

    बजार ८.९० अंकले बढ्दा पनि यी १० कम्पनीका लगानीकर्ताले गुमाए सार्वधीक, कमाउने १० कम्पनी कुन–कुन ?

    सोमवार, जेठ २८ २०८१
    सोमवार, जेठ २८ २०८१
  • बजार ८.९० अंकले बढ्दा पनि यी १० कम्पनीका लगानीकर्ताले गुमाए सार्वधीक, कमाउने १० कम्पनी कुन–कुन ?

    काठमाडौँ / आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८.९० अंकले बढेर २ हजार ८२ को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ कम्पनीको मात्रै शेयर भाउ घटेको छ ।

    आज दिनभरिमा ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । 

    आज यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधीक

    आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले १० प्रतितशका दरले कमाएका छन् । त्रिशुली जलविद्युतका लगानीकर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् । पिपुल्स पावरका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । मोलुङ हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ४९ प्रतिशतका दरले कमाएका छन् ।

    1.JPG

    आज यी कम्पनीका लगानीकर्ताले गुमाए सार्वधीक

    आज जानकी फाइनान्स कम्पनी लिमिटेडका ग्राहकले ८.६७ प्रतिशत, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड ५.२९ प्रतिशत र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका ग्राहकले ४.८३ प्रतिशतले गुमाएका छन् ।  

    2.JPG

    आज उच्च कारोबार भएका १० कम्पनी

    बढेको बजारमा आज करिब साढे ५ अर्ब रुपैयाँको कारोबार भएको छ। जसमा सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ। यस्तै, माउन्टेन इनर्जीको २४ करोड ४७ लाख रुपैयाँ, जानकी फाइनान्सको १६ करोड ७७ लाख रुपैयाँ र सीईडीबी हाइड्रोपावरको १३ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

    यस्तै, युनाइटेड इदी मर्दीको १२ करोड ४४ लाख रुपैयाँ, हिमालयन लघुवित्तको ९ करोड ९२ लाख रुपैयाँ, नेपाल हाइड्रोको ९ करोड ६५ लाख रुपैयाँ, सुपर मादी हाइड्रोपावरको ९ करोड २३ लाख रुपैयाँ, ग्रीन भेन्चरको ९ करोड २ लाख रुपैयाँ र ग्लोबल आइएमई लघुवित्तको ८ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    3.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार