चर्चित समाचार
  • एक बर्षमा मूल्यबृद्धि ३ प्रतिशतबढीले घट्यो, बैशाखमा तरकारी २३.११ प्रतिशतले महँगियो

    एक बर्षमा मूल्यबृद्धि ३ प्रतिशतबढीले घट्यो, बैशाखमा तरकारी २३.११ प्रतिशतले महँगियो

    सोमवार, जेठ २८ २०८१
    सोमवार, जेठ २८ २०८१
  • एक बर्षमा मूल्यबृद्धि ३ प्रतिशतबढीले घट्यो, बैशाखमा तरकारी २३.११ प्रतिशतले महँगियो

    काठमाडौँ / एक बर्षमा मूल्यबृद्धि ३.०१ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार अघिल्लो वर्षको बैशाख महिनामा ७.४१ प्रतिशत रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति यस बर्ष बैशाखमा घटेर ४.४० प्रतिशतमा झरेको हो । 

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ ।

    बैशाखमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ ।

    यसैगरी, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.२६ प्रतिशत, शिक्षाकोे ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भने सञ्चार उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशतले घटेको छ ।

    वैशाख महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३० प्रतिशत, तराईको ४.३२ प्रतिशत, पहाडको ४.७० प्रतिशत र हिमालको ४.२२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ७.६८ प्रतिशत, ७.१५ प्रतिशत, ७.५७ प्रतिशत र ७.१२ प्रतिशत रहेको थियो ।

    त्यस्तै, बैशाखमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.६८ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति ३.३१ प्रतिशत रहेको थियो ।

    समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १०.४० प्रतिशत, ३.७१ प्रतिशत र १.७६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.५५ प्रतिशतले घटेको छ ।

    वैशाख महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.२२ प्रतिशतले बढेको छ ।  अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ७.६४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ६.४८ प्रतिशतले बढेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार