images
images

[ डबली ] थार्प मष्टाको थान, के हो मष्ट भनेको ?

[ डबली ] थार्प मष्टाको थान, के हो मष्ट भनेको ?

मंगलवार, जेठ २९ २०८१
मंगलवार, जेठ २९ २०८१
  • [ डबली ]  थार्प मष्टाको थान, के हो मष्ट भनेको ?

    सुदुरपश्चिम र कर्णालीवासीले आस्थाको केन्द्र मान्दै आएको थार्प मष्टाको थानको तस्वीर हो । 
    छायाँनाथ रारा नगरपालिका वडा न १३ थार्प गाउँमा रहेको छ । यो थान १२ भाइ मष्टा मध्येको प्रमुख, प्रसिद्ध र तपस्वी मानिन्छ । 

    मष्टोसँग भाकल गरे मनोइच्छा पूरा हुने यहाँका स्थानियको विस्वास छ । 

    देशभरसहित छिमेकी देश भारतबाट समेत मष्टो पुजकहरु थार्प मष्टोको दर्शन तथा पूजा गर्न आउँछन् । 

    मष्ट भनेको के हो ? 

    खस जातिले मान्दै र पुज्दै आएको निराकार देवताको नाम नै मष्ट हो भनेर भनिएको छ । योगी नरहरिनाथको भनाइ अनुसार मस्तक (शिर) शब्दबाट मष्ट शब्द उत्पति भएको हो । सुरुमा मष्टदेवता एउटा मात्रै थिए । मष्ट देवताको नाम थपिंदै जाँदा बाह्रमष्ट भन्न थालियो । 

    खसहरुले मान्दै आएका बाह्रमष्टलाई कथित आर्यहरुले हिन्दुकृत गर्दै बाह्रमष्टलाई वराहमष्ट भनेर सम्बोधन गर्न थालेको देखिन्छ । पछि आएर वारामष्ट नै बनाइ दिए । यिनै बाह्रमष्टलाई बढाउँदै अहिले १८ मष्टो र ८४ उपभेद मान्ने गरेको पाइन्छ ।  तर खोतल्दै जाँदा अहिले १२४ उपभेद भेटिएको कुरा प्रकाशमा आएको छ ।

    खस आर्यहरुको कुलायन वा कुलदेवताको रुपमा पूजिने र अति शक्तिशाली मानिने देवता कुल, स्थान, परम्परा अनुसार मष्टोलाई विविध नामहरुले पुकारिन्छ ।

     मुख्यतः मष्टोको स्वरुप बाह्र वा तेह्र भाईहरुको रुपमा रहेको मानिन्छ देखिन्छ । 

    १. दुधेमष्टो (दुग्धहारी), 

    २. लडेमष्टो (जटाधारी) 

    ३. विशुद्ध र सत्वगुणी मष्टो 

    ४. खपटे, दाह्रे मष्टो (बली खाने) गरि मष्टोलाई चार भागमा विभाजित गरिएको छ । 


    यस्तैगरी भाईहरुमा १. बढ्मष्टो, २.कःमष्टो  ३. बाँ मष्टो, ४. थार्पा मष्टो, ५. बाबिरा मष्टो, ६. लिउडि मष्टो, ७. कामत मष्टो, ८. सिम मष्टो, ९. रमाल मष्टो १०. ढँडार मष्टो, ११. ढुसापानी मष्टो, १२. डढी सिमल मष्टो, १३. कुर्मी मष्टो । 


    बझाङ जिल्लाको ढँडार भन्ने ठाउँ यसको मूल थलो छ । यहाँबाट भाइहरु अन्यत्र गै बसेका हुन् भन्ने भनाई पनि छ।

     मुगु जिल्लाको थार्पा भन्ने ठाउँमा थार मष्टोको थान रहेको छ । मुगु जिल्लाको मष्टो–पोखरी उल्लेखनिय छ । 
    मष्टोका बारे विभिन्न किंवदन्ती तथा कथाहरु छन् । यसको आफ्नै एतिहासिक महत्व छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार