काठमाडौँ / मङ्गलबार पनि सुनको भाउ स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारकै मूल्यमा मङ्गलबार पनि सुनको भाउ स्थिर भएको हो । मूल्यसूची अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँ रहेको छ भने तेजावी सुन १ लाख ४० हजार ३ सय रुपैयाँ रहेको छ ।
यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय २५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय १५ रुपैयाँ पर्नेछ ।