images
images

सेयर बजार : नेप्से परिसूचक १.६० प्रतिशतले बढ्दा कारोबार रकम पनि बढ्यो, व्यापार समूहमा आकर्षण बढ्यो

सेयर बजार : नेप्से परिसूचक १.६० प्रतिशतले बढ्दा कारोबार रकम पनि बढ्यो, व्यापार समूहमा आकर्षण बढ्यो

बुधवार, असोज ३० २०८१
बुधवार, असोज ३० २०८१
  • सेयर बजार : नेप्से परिसूचक १.६० प्रतिशतले बढ्दा कारोबार रकम पनि बढ्यो, व्यापार समूहमा आकर्षण बढ्यो

    काठमाडौँ / दसैँपछिको दोस्रो कारोबार दिन पनि सेयर बजारमा उत्साह कायमै रहेको छ । मङ्गलबार नेप्से परिसूचक १.१७ प्रतिशत अर्थात ३१.४८ अङ्कले बढेर २ हजार ६ सय ९९.६६ बिन्दुमा पुगेकोमा आज पनि १.६० प्रतिशतले बढेको हो ।

    images
    images
    images
    images

     यो दिन नेप्से परिसूचक ४३.२२ अङ्कले बढेर २ हजार ७ सय ४२.८८ बिन्दुमा उक्लिएको छ । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार यो दिन ठूला कम्पनीका धितोपत्र मापक सेन्सेटिभ इन्डेक्स ७.६८ अङ्कले बढेर ४ सय ९३.९८ बिन्दुमा पुगेको छ भने फ्ल्ट इन्डेक्स ३.२८ अङ्कले बढेर १८९.७९ बिन्दुमा र सेन्सेटिभ फ्लट इन्डेक्स २.७४ अङ्कले बढेर १६३.८२ बिन्दुमा पुगेको छ । 

    नेप्से परिसूचकसँगै आज  कारोबार रकममा पनि अघिल्लो कारोबार दिनको तुलनामा २ अर्ब रुपैयाँले बृद्धि भएको देखिन्छ ।

    मङ्गलबार ३ अर्ब ६ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज बढेर ५ अर्ब ६६ करोड नाघेको हो । यो दिन ३२० कम्पनीको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर खरिद बिक्री भएको छ । 

    सबै समूहको सूचकमा हरियाली 

    बुधबार सेयर बजारमा सबै समूहको परिसूचक बृद्धि भएको छ । आज सर्वाधिक बृद्धि हुनेमा व्यापार समूह रहेको छ । यो समूहको परिसूचक ३.४४ प्रतिशतले बढेको हो ।

    त्यस्तै, हाइड्रोपावर समूहको परिसूचक २.१३ प्रतिशत, बैंकिङ उपसूहको परिसूचक १.९८ प्रतिशत, विकास बैंक समूहको १.८५ प्रतिशत, जीवन बिमा समूहको परिसूचक १.८० प्रतिशतले बढेको छ ।

    त्यस्तै, होटल तथा पर्यटन समूहको परिसूचक १.४९ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.३६ प्रतिशत, लघुवित्तको १४८ प्रतिशत, निर्जीबन बिमाको १.३८ र फाइनान्स समूहको परिसूचक ०.६९ प्रतिशतले बृद्धि भएको छ । 

    बुधबारको कारोबारमा विजय लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक बढी ९.३३ प्रतिशत र इस्टर्न हाइड्रोपावरको सेयर मूल्य ९.२४ प्रतिशतले बढेको छ । यी कम्पनीहरूको मूल्य प्रतिसेयर क्रमशः ९३६ रुपैयाँ र ९४५ रुपैयाँ कायम भएको छ । 

    आज पनि सर्वाधिक गुमाउनेमा उपर स्याङ्गे हाइड्रोपावरका लगानीकर्ताहरू रहेका छन् । यो कम्पनीको सेयर मूल्यमा आज नेगेटिभ सर्किट लागेको हो भने हिजो नेगेटिभ सर्किट लागेको मिड सोलु हाइड्रोपावरको सेयर मूल्य पनि आज ५.५४ प्रतिशतले घटेको छ । 

    कारोबार रकमका आधारमा पनि आज पनि फाइनान्स कम्पनी नै अग्रस्थानमा देखिन्छ ।

    आजको कारोबार रकममा १५ करोड ९ लाख ५० हजार रुपैयाँको योगदान पुर्याएको नेपाल फाइनान्स आज पहिलो स्थानमा छ ।

    अघिल्लो कारोबार दिनमा यो कम्पनी सर्वाधिक बढी रकमको सेयर कारोबार गर्ने कम्पनीहरूको सूचीमा दोस्रो स्थानमा थियो । 

    त्यस्तै, हिमालयन रिइस्योरेन्स १५ करोड ४ लाख रुपैयाँसहित दोस्रो स्थानमा छ भने एनआइसी एशिया बैंकको आज १४ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको देखिन्छ । 

    बजार बढेसँगै आज बजार पूँजीकरण रकमसमेत बढेर ४३ अर्ब ६१ अर्ब ४५ करोड रुपैयाँ नाघेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार