नाडा अटो शो २०२४ को रजिष्ट्रेशन जेठ ३१ गते देखि खोलिंदै

नाडा अटो शो २०२४ को रजिष्ट्रेशन जेठ ३१ गते देखि खोलिंदै

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • images
    images
    नाडा अटो शो २०२४ को रजिष्ट्रेशन जेठ ३१ गते देखि खोलिंदै

    काठमाडौं / नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा १६ औं संस्करण “नाडा अटो शो २०२४” आयोजना गरिने भएको छ ।

    images
    images

    यहि भदौ ११ देखि १६ गतेसम्म हुने अटो शो  सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनी हो । 

    काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको यही जेठ ३१ गते देखि असार ५ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिने भएको छ । 

    प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने छ । 

    प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको  जनाएको छ । 

    नाडा अटो शो समितिका संयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पु¥याउदै आईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यापारी, उद्यमी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२४ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने आयोजक नाडाको विश्वास रहेको छ ।


       

     

     

     

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार