images
images

नेप्से परिसूचक ९ अङ्कले घट्दा कारोबार ६ अर्ब ४४ करोड, कसले कति गुमाए ?

नेप्से परिसूचक ९ अङ्कले घट्दा कारोबार ६ अर्ब ४४ करोड, कसले कति गुमाए ?

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • नेप्से परिसूचक ९ अङ्कले घट्दा कारोबार ६ अर्ब ४४ करोड, कसले कति गुमाए ?

    काठमाडौँ / आज शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । हिजो सामान्य बढेको शेयर बजार नेप्से परिसूचक आज ९ दशलमव ३२ अंकले घटेर २ हजार ११२ को विन्दुमा कायम भएको हो । 

    आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३१३ कम्पनीको १ करोड ४२ लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४३ करोडमाथिको शेयर कारोबार भएको छ । 

    यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधीक 

    आज सबैभन्दा धेरै समृद्धि फाइनान्स र कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्टका लगानीकर्ताले ९ दशलमव ८२ प्रतिशतका दरले कमाएका छन् ।

    1.JPG

    यी कम्पनीका लगानीकर्ताले गुमाए सार्वधीक 

    आज सबैभन्दा धेरै डिम सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    2.JPG

    यी १० कम्पनीको उच्च कारोबार

    आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २० करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको १७ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    – नेपाल फाइनान्सः २८ करोड ४७ लाख रुपैयाँ
    – एनआरएन इन्फ्रास्ट्रक्चरः २० करोड ५७ लाख रुपैयाँ
    – समृद्धि फाइनान्सः १७ करोड ५६ लाख रुपैयाँ
    – साधना लघुवित्तः १२ करोड ९९ लाख रुपैयाँ
    – सीईडीबी हाइड्रोपावरः १२ करोड ९१ लाख रुपैयाँ
    – बरुण हाइड्रोपावरः १२ करोड रुपैयाँ
    – माउन्टेन इनर्जीः १० करोड १३ लाख रुपैयाँ
    – गुडविल फाइनान्सः १० करोड १२ लाख रुपैयाँ
    – प्रोग्रेसिभ फाइनान्सः ९ करोड ६९ लाख रुपैयाँ
    – हिमालयन बैंकको संस्थापक शेयरः ९ करोड ३७ लाख रुपैयाँ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार