images
images

यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

    काठमाडौँ / यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे विशेष साधारण सभा सम्पन्न भएको छ । म्पनीको विशेष साधारण सभा आज बिहीबार आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, टंगाल, काठमाडौँ सम्पन्न भएको हो । 

    images
    images
    images
    images

    सभाले हाल कायम रहेको जारी तथा चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात १०० सेयरबापत १५ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

    यस्तै, हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएअनुसार सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको कम्पनीले जनाएको छ ।

    साथै, कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अुनपात बमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित भएको छ ।

    सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीले जेठ २९ गतेसम्मको अवधिमा बीमालेख जारी संख्या २ लाख २ हजार ६१८ बीमा शुल्कबापत २ अर्ब ३६ करोड ७८ लाख ७७ हजार ९३९ आर्जन गरि तेस्रो त्रैमाससम्म २७ करोड ४२ लाख २४ हजार २१५ रुपैयाँ खुद नाफा आर्जन भएको जानकारी दिएका थिए ।

    कम्पनीले विगतको वर्षहरूमा भुक्तानी गर्न बाँकी दाबी संख्या क्रमशः घटाई सोही अवधिमा ८ हजार १८१ वटा दाबीको रकम १ अर्ब २६ करोड ६४ लाख ९४ हजार दाबी भुक्तानी गरेको र कोभिड बीमा दाबीबाहेक भुक्तानी गर्न बाँकी दाबी संख्या ३ हजार ७३७ कायम गर्न सफल भएका जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार