images
images

राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ झिक्दै

राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ झिक्दै

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ झिक्दै

    काठमाडौँ / बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई सकस परेको छ । हिजो मात्रै बजारबाट ३५ अर्ब रुपैयाँ झिकेको केन्द्रीय बैकले आज पनि बजारबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ ।  

    images
    images
    images
    images

    केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३० अर्ब रुपैयाँ झिक्न लागेको हो । अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले बजारबाट पैसा झिक्न लागेको हो । 

    केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ । यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल हुँदा बजारबाट पैसा झिक्ने गर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।  

    राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।  इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

    निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी असार १४ गते हुनेछ ।  निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार