images
images

एमाले अध्यक्ष केपी ओलीले बारम्बार बजेटबारे समीक्षा हुन आवश्यक  रहेको किन बताइरहेका छन् ?

एमाले अध्यक्ष केपी ओलीले बारम्बार बजेटबारे समीक्षा हुन आवश्यक  रहेको किन बताइरहेका छन् ?

शनिवार, असार १ २०८१
शनिवार, असार १ २०८१
  • एमाले अध्यक्ष केपी ओलीले बारम्बार बजेटबारे समीक्षा हुन आवश्यक  रहेको किन बताइरहेका छन् ?

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबारे समीक्षा हुन आवश्यक रहेको पुन बताएका छन् । यस अघि राजधानीको एक कार्यक्रममा उनले बजेट विनियोजनसम्बन्धी असुन्तुष्टि व्यक्त गरेका थिए । आफ्ना सांसदहरुलाई बजेट बारे निर्भिक भएर छलफलमा अघि बढ्न  भनेका थिए । 

    आज फेरि नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले बजेट विनियोजनको समिक्षा हुनुपर्ने औंल्याएका छन् ।  उनले पार्टीले चलाइरहेका मन्त्रालयको बजेट विनियोजनको स्थिति पनि हेर्नुपर्ने बताएका छन् । 

    अध्यक्ष ओलीले देशलाई गरिबी हुनबाट बचाउनका लागि एमाले सरकारमा गएकाले बजेट कति ठीक र कति बेठीक भन्नेबारे छलफल हुनुपर्ने धारणा राखे। 

    उनले दिगो विकास लक्ष्य पाँच वर्षभित्र पूरा गर्नुपर्ने भन्दै मुलुकको विकास र गरिबी घटाउन उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने धारणा राखे । 

    देश बनाउने सङ्कल्प, अठोटसहित उद्यमशीलता बढाउन प्रविधिको प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । 

    अध्यक्ष ओलीले राष्ट्रिय शक्तिलाई कमजोर पार्ने प्रयासस्वरूप एमालेविरुद्ध प्रतिक्रियावादीले गलत हल्ला फैलाएको समेत बताए । यसतर्फ सचेत रहनुपर्ने बता ए । 

    “ प्रतिक्रियावादीहरूले देश अगाडि नबढोस् भनेर राष्ट्रिय शक्तिलाई कमजारे पार्न चाहान्छन्”, उनले भने, भ्रमको जालो फिजाउन, आस्था हटाउने र जनविश्वास कसरी कमजोर बनाउन सकिन्छ भनेर एमालेविरूद्ध लागिपरेका छन् । त्यसलाई चिर्दै अगाडि बढ्नुपर्छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार