लर्डबुद्धका अध्यक्ष जालान चेम्बर स्टार्टअप समितिको सभापति चयन

लर्डबुद्धका अध्यक्ष जालान चेम्बर स्टार्टअप समितिको सभापति चयन

आइतवार, असार २ २०८१
आइतवार, असार २ २०८१
  • images
    images
    लर्डबुद्धका अध्यक्ष जालान चेम्बर स्टार्टअप समितिको सभापति चयन

    काठमाडौँ / लर्डबुद्ध एजुकेशन फाउन्डेसनका अध्यक्ष पंकज जालान नेपाल चेम्बर अफ कमर्सको स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन भएका छन् । 

    images
    images

    चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले फाउण्डेसनका अध्यक्ष जालानलाई उद्यमशीलता एवं नवप्रवर्द्धन हेर्ने गरी स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन गरेका हुन् ।  

    जालान चेम्बर अफ कमर्सको कार्यकारी सदस्य समेत छन् । लर्डबुद्ध एजुकेशन फाउन्डेसनले सूचना प्रविधिको विकास मार्फत युवा उद्यमशीलता प्रवर्द्धन गर्दै आएको छ । सूचना प्रविधिको क्षेत्रमा पहिलो शैक्षिक संस्था लर्डबुद्ध एजुकेशन फाउन्डेसनले पढ्दै कमाउँदै नीतिलाई अङ्गीकार समेत गर्दै आएको छ । 

    स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप समेत प्रदान गर्दै आएको फाउन्डेसनले विभिन्न क्षेत्रमा पनि रोजगारी समेत उपलब्ध गराउँदै आएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार