images
images

आँप मेलामा १० हजारले गरे अवलोकन, ३२ हजार किलो आँप बिक्री

आँप मेलामा १० हजारले गरे अवलोकन, ३२ हजार किलो आँप बिक्री

सोमवार, असार १० २०८१
सोमवार, असार १० २०८१
  • आँप मेलामा १० हजारले गरे अवलोकन, ३२ हजार किलो आँप बिक्री
    images
    images

    काठमाडौँ / नेपालमा पहिलोपटक भएको आँप मेला सम्पन्न भएको छ । किसान भेन्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा असार ७ देखि ९ गतेसम्म काठमाण्डौ र ललितपुरका विभिन्न स्थानमा आँप मेला आयोजना गरिएको थियो ।

    मेला अवधिभर १० हजार जनाले अवलोकन गरेको र ३२ हजार किलो आँप बिक्री भएको आयोजकले बताएको छ । मेलामा सर्लाही,सप्तरी र सिराहाका ५० जना किसानहरुबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्न प्रजातिका आँपहरु प्रदर्शनीमा राखिएका थिए ।

    मेलामा माल्दा, देशरी, बम्बै, जर्दा, कृष्णभोग, नजरिया बम्बै, अम्रपाली, कलकत्तिया, दुधया माल्दा र गुलाबखाससहित विभिन्न भेराइटीका आँपहरु प्रदर्शनमा राखिएका थिए ।

    प्रदर्शनीमा आँपको अचार बनाउने,प्रशोधन गर्ने प्रविधि पनि राखिएका थिए । प्रख्यात शेफ सन्तोष शाह पनि अन्तिम दिन द गार्डेन झम्सिखेलमा नेपाल म्याङ्गो फेस्टमा सहभागी भएका थिए । 

    उनीलगायत विभिन्न सेफहरुले पाउडर, स्टिकी राइस,आँप स्मृद्धि,सुख्खा आँप क्रस जस्ता ५० भन्दा बढी आँपबाट बन्ने उत्पादनहरुको प्रदर्शन गरी आफ्नो पाक कौशल प्रस्तुत गरेका थिए ।  

    मेलाको सफलताबाट हौसला जागेको भन्दै किसान भेन्चरका प्रमुख कार्यकारी अधिकृत(सीईओ) राजेश कार्कीले यसै वर्ष स्याउ,सुन्तला,जुनार र टिमुरको मेला पनि आयोजना गर्ने घोषणा गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार