पुल बनाउन खनेको खाल्टोमा डुबेका बालक र झरनाबाट खसेका व्यक्तिको शव फेला

पुल बनाउन खनेको खाल्टोमा डुबेका बालक र झरनाबाट खसेका व्यक्तिको शव फेला

आइतवार, असार २ २०८१
आइतवार, असार २ २०८१
  • images
    images
    पुल बनाउन खनेको खाल्टोमा डुबेका बालक र झरनाबाट खसेका व्यक्तिको शव फेला

    काठमाडौँ / कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव आइबतार सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । 

    images
    images

    सोही ठाउँ बस्ने ९ वर्षीय गणेश बि.क. शनिबार गते साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए ।

    सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव अन्दाजी २० फिट गहिराईबाट निकालेको हो ।

    त्यस्तै कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–५ बछेलास्थित झरनाबाट खसेका व्यक्तिको शव नं. ३५ गण कञ्चनपुरको टोलीले फेला पारेको छ । 

    असार १ गते साँझ झरनाबाट व्यक्ति खसेको जानकारी प्राप्त भएपछि खटिएको सुरक्षा फौजले रातको १० बजे उनको शव निकालेको हो ।  

    त्यसैगरी शनिबार गते सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको खोजी कार्यको लागि नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहितको फौज खटिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार