भेरी नदिमा बेपत्ता भएका दुवै जनाको शव गोताखोरले निकाल्यो

भेरी नदिमा बेपत्ता भएका दुवै जनाको शव गोताखोरले निकाल्यो

आइतवार, असार २ २०८१
आइतवार, असार २ २०८१
  • images
    images
    भेरी नदिमा बेपत्ता भएका दुवै जनाको शव गोताखोरले निकाल्यो

    काठमाडौँ / सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदिमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । 

    images
    images

    असार १ गते शनिबार नुहाउने क्रममा भुपेन्द्र के.सी. र विनोद के.सी. भेरी नदिमा बेपत्ता भएका थिए ।

    आईतबार सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गएको १० जनाको गोताखोरले १२ः३५ बजे भुपेन्द्र के.सी.को र १२ः४० बजे विनोद के.सी.को शव ३० फिट गहिराईबाट निकालेको हो ।  

    यसैगरी कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव असार २ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

    सोही ठाउँ बस्ने ९ वर्षिय गणेश बि.क. असार १ गते साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए । सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव अन्दाजी २० फिट गहिराईबाट निकालेको हो ।

    त्यस्तै कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–५ बछेलास्थित झरनाबाट खसेका व्यक्तिको शव नं. ३५ गण कञ्चनपुरको टोलीले फेला पारेको छ । 

    असार १ गते साँझ झरनाबाट व्यक्ति खसेको जानकारी प्राप्त भएपछि खटिएको सुरक्षा फौजले रातको १० बजे उनको शव निकालेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार