‘एक्सपेरियन्स टोयोटा’ असार ५ बाट सुरु, निःशुल्क बिमादेखि १२ बर्षसम्म बैङ्किङ फाइनान्सको सुविधा

‘एक्सपेरियन्स टोयोटा’ असार ५ बाट सुरु, निःशुल्क बिमादेखि १२ बर्षसम्म बैङ्किङ फाइनान्सको सुविधा

आइतवार, असार २ २०८१
आइतवार, असार २ २०८१
  • images
    images
    ‘एक्सपेरियन्स टोयोटा’ असार ५ बाट सुरु, निःशुल्क बिमादेखि १२ बर्षसम्म बैङ्किङ फाइनान्सको सुविधा

    काठमाडौँ / नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले ‘एक्सपेरियन्स टोयोटा’ आयोजना गर्ने भएको छ । कम्पनीले असार ५ देखि असार ७ गतेसम्मका लागि आनन्दनगर, धुम्बाराहीस्थित आफ्नो टोयोटा शोरुममा ‘एक्सपेरियन्स टोयोटा’ आयोजना गर्ने भएको हो।

    images
    images

    २०८१ लाई बिशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, निःशुल्क बिमा, १२ बर्षसम्म बैङ्किङ सुविधा, सडककरदेखि विभिन्न उपहारहरू समेत पाउनेछन् । 

    टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकलाई कम्पनीको विभिन्न सुबिधाको बारेमा जानकारी गराइने बताइएको छ । ग्राहकलाई यू.टि.एससँग विभिन्न मोडलका गाडीहरू उपलब्ध रहेको हुँदा कम्पनीले आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउनको लागि अनुरोध समेत गरेको छ । 

    साथै, सो उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति गरिमा विकास बैङ्क र अन्य विभिन्न बैङ्कसँग बैङ्किङ फाइनान्सको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

    टोयोटाको ग्लोबल भिजन ‘मोबिलिटी फोर अल’लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधनको अधिकतम् मूल्याङ्कन गर्ने  अवसर पनि रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार