सिद्धार्थ बैंकद्वारा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड सहयोग

सिद्धार्थ बैंकद्वारा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड सहयोग

आइतवार, असार २ २०८१
आइतवार, असार २ २०८१
  • images
    images
    सिद्धार्थ बैंकद्वारा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड सहयोग

    काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । 

    images
    images

    सिद्धार्थ बैंकले बालबालिकाहरुका उचित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ निर्माण भइरहेको हेपाली हाइट स्थित काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई सहयोग स्वरुप एक करोड रुपैयाँ प्रदान गर्न सम्झौता गरेको हो । 

    उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुन्दर प्रसाद कडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्रा. डा. भगवान कोइरालाले हस्ताक्षर गरेको छन् । 

    बालबालिकाहरु राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्जवल भविष्य बालबालिकाहरुको स्वास्थ्यमा निर्भर हुने मान्यताको साथ बैंकले यस कल्याणकारी कार्यमा सहभागिता जनाएको हो ।

    यस सहयोगलेबाल स्वास्थ्य क्षेत्रमा उचित र गुणस्तरीय सेवा प्रदान गर्न अहम्भुमिका खेल्नेछ भन्ने विश्वास बैंकले लिएको छ । 

    बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पु¥याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार