सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ घट्यो, सस्तियो चाँदी पनि

सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ घट्यो, सस्तियो चाँदी पनि

सोमवार, असार ३ २०८१
सोमवार, असार ३ २०८१
  • images
    images
    सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ घट्यो, सस्तियो चाँदी पनि

    काठमाडौँ / आज (सोमबार) सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।

    images
    images

    आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ८ सय रहेको आज घटेर १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुन प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँबाट घटेर १ लाख ४१ हजार ५ सय रुपैयाँ रहेको छ । 

    त्यस्तै, चाँदी प्रतितोला २० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय रुपैयाँमा झरेको छ । यसअघि चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँ रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार