images
images

१८ अङ्कले बजार घट्दा ३ बीमा कम्पनीको भने सेयरभाउ बढ्यो, सर्वाधीक गुमाउने कम्पनी कुन ?

१८ अङ्कले बजार घट्दा ३ बीमा कम्पनीको भने सेयरभाउ बढ्यो, सर्वाधीक गुमाउने कम्पनी कुन ?

मंगलवार, असार ४ २०८१
मंगलवार, असार ४ २०८१
  • १८ अङ्कले बजार घट्दा ३ बीमा कम्पनीको भने सेयरभाउ बढ्यो, सर्वाधीक गुमाउने कम्पनी कुन ?

    काठमाडौँ / आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १८.७६ अंकले घटेर २ हजार ७६ को विन्दुमा कायम भएको हो । 

    images
    images
    images
    images

    आज मार्केट १८ अङ्कले घट्दा ४० वटा कम्पनीको शेयर मूल्य बढेको छ । १९८ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्यमा भने कुनै परिर्वतन देखिएको छैन । 

    आज दिनभरिमा ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोडमाथिको शेयर कारोबार भएको छ । 

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशतले घटेको भने लघुवित्त समूहको परिसूचक १.०४ प्रतिशतले घटेको छ। 

    यता, बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.९८ प्रतिशत र निर्जीवन बीमा समूह ०.८३ प्रतिशतले घटेको छ । 

    बीमा समूह घटेपनि आज ३ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । जसअनुसार सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा सिटिजन लाइफ रहेको छ ।

    आज सिटिजन लाइफ कम्पनीको सेयरमूल्य ०.४१ प्रतिशतले बढेर ४८५ रुपैयाँ पुगेको छ । 

    त्यस्तै, प्रभु इन्स्योरेन्सको ०.२७ प्रतिशतले बढेर ७७३.९० रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको सेयरभाउ ०.१४ प्रतिशतले बढेर ५०३ रुपैयाँ पुगेको छ । 

    आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा भने नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ३.३४ प्रतिशतले घटेर ६०८ रुपैयाँ कायम भएको छ । 

    यसका साथै सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.६० प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.५३ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.३४ प्रतिशत, सुर्यज्योति लाइफको १.१९ प्रतिशत, सानिमा जिआइसीको १.१३ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.१३ प्रतिशत, हिमालयन एभरेष्टको १.०४ प्रतिशत, नेको इन्स्योरेन्सको १ प्रतिशतले सेयरभाउ घटेको छ ।

    यस्तै, नेशनल इन्स्योरेन्सको ०.८८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.८३ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.७८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.७० प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.६८ प्रतिशत, सन नेपाल लाइफको ०.६१ प्रतिशतले सेयरभाउ घटेको छ ।

    यता, एशियन लाइफको ०.५४ प्रतिशत, युनाइटेड अजोडको ०.५३ प्रतिशत, हिमालयन लाइफको ०.५२ प्रतिशत, एलआइसी नेपालको ०.४४ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३५ प्रतिशत, आरबीसीएलको ०.३० प्रतिशत र आइएमई लाइफको ०.२३ प्रतिशतले सेयरभाउ घटेको छ ।

    १३ वटा समूहगत परिसूचक, कुन कतिले घट्यो ? 

    4.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार