images
images

कुमारी बैङ्क र पशुपति रिक्रियसनबिच सम्झौता, ग्राहकहरूलाई गेम कार्ड रिचार्जमा बोनस

कुमारी बैङ्क र पशुपति रिक्रियसनबिच सम्झौता, ग्राहकहरूलाई गेम कार्ड रिचार्जमा बोनस

बुधवार, असार ५ २०८१
बुधवार, असार ५ २०८१
  • images
    images
    कुमारी बैङ्क र पशुपति रिक्रियसनबिच सम्झौता, ग्राहकहरूलाई गेम कार्ड रिचार्जमा बोनस
    images
    images

    काठमाडौँ / कुमारी बैङ्क लिमिटेड र पशुपति रिक्रियसन प्रा.लि. (ओप्स)बिच सम्झौता भएको छ । कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्न उक्त सम्झौता भएको हो ।

    images
    images

    यस सम्झौता अनुसार कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूले ओप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इन्डोर र आउटडोर खेलहरू खेल्न कुमारी बैङ्कको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा रिर्चाज गर्दा १० प्रतिशत बोनस रिचार्ज प्राप्त गर्न सकिनेछ । 

    सो सुविधाबाट ग्राहकहरूले सहज र गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन प्राप्त गर्न सफल भई ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्नेमा बैङ्क विश्वस्त रहेको छ ।

    विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार