images
images

क्लासिक टेकले ल्यायो नयाँ अफर, ग्राहकलाई के–के छ सुविधा ?

क्लासिक टेकले ल्यायो नयाँ अफर, ग्राहकलाई के–के छ सुविधा ?

बिहिवार, असार ६ २०८१
बिहिवार, असार ६ २०८१
  • क्लासिक टेकले ल्यायो नयाँ अफर, ग्राहकलाई के–के छ सुविधा ?

    काठमाडौँ / नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले 'बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर' अफर सार्वजनिक गरेको छ।  

    images
    images
    images
    images

    क्लासिक टेकले सेल पे वालेट भुक्तानी मार्फत् गर्दा उक्त अफर लागू हुने बताएको छ।

    यस अफरमा कम्पनीका ग्राहकले इन्टरनेट टिभीको सेल पे वालेटबाट भुक्तानी गर्दा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तरर्गत रोयल इन्फिल्ड क्लासिक ३५० बाइक जित्न सक्नेछन्। 

    त्यति मात्र नभई हरेक महिना म्याकबुक, आइप्याड र एपल वाच जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ। 

    उक्त अफरमा पुराना ग्राहकका लागि रिचार्ज अफरमा ३२५ एमबिपिएससहित २००+ एचडी र एसडी च्यानल रहेको इन्टरनेट टिभी मात्र ७९९ रूपैयाँ प्रति महिना साथै नयाँ ग्राहकका लागि ३ महिनाको लागि २०० एमबिपिएस इन्टरनेट ३ हजार ३०० रूपैयाँमा पाइनेछ।

    यो अफरमा राउटर प्याकेज समेत रहेको कम्पनीले जानकारी गराएको छ। उक्त अफरहरू कात्तिक मसान्तसम्म मात्र रहेको कम्पनीको भनाइ छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार