images
images

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबिच सम्झौता, यात्रुहरूलाई केबलकारमा विशेष छुट

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबिच सम्झौता, यात्रुहरूलाई केबलकारमा विशेष छुट

बिहिवार, फागुन १ २०८१
बिहिवार, फागुन १ २०८१
  • लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबिच सम्झौता, यात्रुहरूलाई केबलकारमा विशेष छुट
    images
    images

    बुटवल / लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता बमोजिम पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा आबद्ध व्यवसायीहरू र यसमा आबद्ध बसमा नेपालभर यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् ।

    यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायीमा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाइ ३ महिनामा भित्र २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन् ।

    सम्झौता पत्रका लुम्बिनी केबलकार लिमिटेडको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन् ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिका गोल पार्क केबलकार चोकमा बटम स्टेसन रहेको लुम्बिनी केबलकारको  पाल्पाको वसन्तपुरमा टप स्टेसन रहेको छ । केबलकारको टप स्टेसनमा नेपालको एक मात्र शक्ति पीठ माँ कामाख्याको मन्दिर रहेको छ ।

    केबलकारको यात्राबाट एकै साथ तराई, पहाड र हिमालको दृश्यावलोकन गर्न सकिन्छ । पश्चिम नेपाल बस व्यवसायी नेपालको पुरानो र ठुलो मध्येको एक व्यावसायिक संस्था हो । 

    उक्त कम्पनीमा हाल २३०० भन्दा बढी बसहरू सञ्चालनमा रहेका छन् । कम्पनीले साधारण यात्रुवाहक बसदेखि आधुनिक सुविधा सम्पन्न बसहरूका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि बसहरू सञ्चालन गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार