काठमाडौँ / बिहीबार सुनको भाउ तोलामा २ हजार ३ सय रुपैयाँले बढेको छ । बुधबार घटेर कारोबार सुन बिहीबार पुन उच्च मूल्यले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ६९ हजार ८ सय रुपैयाँ पुगेको छ ।
हिजो बिहीबार भने १ लाख ७६ हजार ५ सय रुपैयाँ थियो । यता, चाँदीको भाउ समेत बढेको महासङ्घले जनाएको छ । यसअघि तोलामा १ हजार ९३० रुपैयाँ रहेको चाँदीको भाउ बढेर आज १ हजार ९६५ रुपैयाँ पुगेको हो ।