images
images

कुमारी बैङ्क र एन.डि. थ्रटी-नाइन बिजेनस ग्रुपबिच सम्झौता, ग्राहकहरूले Filli को सेवा सुविधामा छुट पाउने

कुमारी बैङ्क र एन.डि. थ्रटी-नाइन बिजेनस ग्रुपबिच सम्झौता, ग्राहकहरूले Filli को सेवा सुविधामा छुट पाउने

बिहिवार, असार ६ २०८१
बिहिवार, असार ६ २०८१
  • images
    images
    कुमारी बैङ्क र एन.डि. थ्रटी-नाइन बिजेनस ग्रुपबिच सम्झौता, ग्राहकहरूले Filli को सेवा सुविधामा छुट पाउने
    images
    images

    कुमारी बैङ्क लिमिटेड र एन.डि. थ्रटी-नाइन बिजेनस ग्रुप प्रा.लि. (Filli ), काठमाडौँबिच सम्झौता भएको छ । कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूलाई ँष्ििष् बाट प्रदान गरिने सेवा तथा सुबिधाहरूमा विशेष छुट प्रदान गर्न उक्त सम्झौता भएको हो ।

    images
    images

    सो सम्झौता अनुसार कुमारी बैङ्कका ग्राहकहरूले Filli का लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्धि स्थित शाखाहरूबाट सेवा लिए बापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैङ्कको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । 

    उक्त सुविधाबाट ग्राहकहरूले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहकहरूलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई सुदृढ पार्न मद्दत गर्नेमा बैङ्क विश्वस्त रहेको छ ।

    विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखारहित बैंकिङ्ग ईकाईहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार