images
images

लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेभसाइट कम्पिटिसन’को ग्रान्ड फिनाले असार ९ गते, कसरी छनोट गरिदैँछ बिजेता ?

लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेभसाइट कम्पिटिसन’को ग्रान्ड फिनाले असार ९ गते, कसरी छनोट गरिदैँछ बिजेता ?

शुक्रवार, असार ७ २०८१
शुक्रवार, असार ७ २०८१
  • लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेभसाइट कम्पिटिसन’को ग्रान्ड फिनाले असार ९ गते, कसरी छनोट गरिदैँछ बिजेता ?

    काठमाडौँ / लाइफ कम्प्युटरले ‘वेबसाइट कम्पिटिसन’ गराउने भएको छ । यो लाइफ कम्प्युटरको छैटौँ सिजन हो । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लाइफ कम्प्युटरका अध्यक्ष रमेश पोखरेलले प्रतियोगीका विजेता छनोटलाई अन्तिम रूप दिइएको जानकारी दिएका हुन् । 

    images
    images
    images
    images

    उनका यसवर्ष देशभरका ११०२ जना प्रतियोगी प्रतिस्पर्धामा भाग लिएका थिए । प्रतियोगीहरूलाई जेठको अन्तिम सम्मको लागि समयसीमा दिइएको र उक्त समयावधिमा विद्यार्थीले आफ्‌नो प्रोजेक्ट बुझाएका थिए ।  विज्ञहरुको सहायतामा ती प्रोजेक्टमध्ये उत्कृष्ट २० लाई छनोट गरिएको छ । 

    उत्कृष्ट २० जनाका वेबसाइटलाई परिमार्जन गर्न समय दिएर उत्कृष्ट २० मध्येबाट आईटी विज्ञको सहभागितामा उत्कृष्ट १० हुँदै पहिलो, दोस्रो र तेस्रो छान्ने प्रक्रिया छ ।

    आयोजकका अनुसार सहभागी छनोट गर्दा आवेदन दिएका मध्येबाट उनीहरुले बनाएर ल्याएको वेबसाइटलाई आईटी टिमले चेकजाँच गर्ने, कपी गरेको छ, छैन हेर्ने गरिन्छ । 

    यसरी विद्यार्थी स्वयमले बनाएको सुनिश्चित भएपछि मात्र उनीहरू थप प्रक्रियाको लागि योग्य हुन्छन् । 

    मूल्याङ्कनको आधार बनाउँदा डिजाइन, फोल्डर म्यानेज, कलर तथा ब्राण्डिङ, लोगो र टेक्स्ट, प्रोग्रामिङ, टिचर गाइडेन्स, व्यवस्थापन, आईटी टिमको अब्जरभेसन, प्रिजेन्टेसन लगायतलाई समेटिन्छ ।

    यस पटकको वेबसाइट कम्पिटिसनको ग्राण्ड फिनाले कार्यक्रम नाचघर जमलमा असार ९ गते आइतबार हुने अध्यक्ष पोखरेलले जानकारी दिए । दिउँसो २ बजेदेखि चल्ने कार्यक्रममा आईटी क्षेत्रका विभिन्न व्यक्तित्वका साथै अन्य सरोकारवाल निकायको पनि उपस्थिति रहने उनको भनाइ छ । 

    विगतका सिजनका विजेताले सूचना प्रविधिको क्षेत्रमा अध्ययन अगाडि बढाउँदै यसै गरी धेरै राम्रो काम गर्दै आएको आयोजकको दावी छ । 


    आईटी क्षेत्रमा लिड गर्दै विभिन्न एप बनाउनेदेखि फेसबुकजस्ता सामाजिक सञ्जालको बग पत्ता लगाएर आम्दानी समेत गर्दै आएको लाइफ कम्प्युटरका अध्यक्ष पोखरेलले बताए । 

    उनले भने, “हाम्रो संस्थाको उद्देश्य आईटी क्षेत्रका विज्ञ जन्माउने हो, अवसर पाए नेपालमा पनि विल गेट्स, स्टेभ जब्स, मार्क जुकरवर्कस् जन्माउन सकिन्छ भन्ने अभिलाशा संस्थाले बोकेको छ।” 

    विश्वस्तरमा नेपाललाई आईटी हबको रूपमा स्थापित गराउनको लागि सामान्य भएपनि भूमिका निर्वाह गर्ने उद्देश्य रहेको उनले बताए । 

    “लाइफ कम्प्युटर यस क्षेत्रमा केही गर्न चाहनेको लागि राम्रो प्लेटफर्म बन्न चाहन्छ । राज्यको आवश्यक सहयोग भएको अवस्थामा सूचना प्रविधिको ज्ञानलाई गाउँ गाउँसम्म पुर्याउने हाम्रो लक्ष्य छ,” उनले भने, “सहभागी छनोट गर्दा हामीले जतिसक्दो धेरै सहभागी गराउने योजनामा हुन्छौँ । पहिलो सिजनमा काठमाडौँ उपत्यकाका विद्यार्थीमात्र सहभागी थिए ।”

    पहिलो सिजनामा ४२७ जना सहभागी भएका थिए, दास्रो सिजनमा ७००, तेस्रो सिजनमा १२७५, चौथो सिजनमा ८४०, पाँचौंमा ९७५ र छैटौंमा ११०२ जना प्रतिस्पर्धामा सहभागी रहेको उनले जानकारी दिए । 

    “एसईई दिएका विद्यार्थीमात्र होइन, हामीकहाँ अध्ययन गर्ने विद्यार्थीलाई हामीले उनीहरूको सीप तथा क्षमताका आधारमा काममा जोडिने वातावरण पनि बनाउँदै आएका छौँ, अध्यक्ष पोखरेलले भने, अन्य कलेजमा आईटी सम्बन्धी अध्ययन गरेका विद्यार्थीलाई इन्टर्नसीपको व्यवस्था पनि गरेका छौँ। अहिलेसम्म हामीले तयार गरेका विद्यार्थी व्यवसाय, आईटी सम्बन्धी जागिरमा समेत रहेर राम्रो काम गर्दै आउनुभएको छ ।”

    उनका अनुसार कम्प्युटरको ज्ञानमा सामान्य वर्ड, एक्सलको लागि मात्र सिक्ने हो भन्ने धारणालाई चिर्नको लागि वेबसाइट कम्पिटिसन शुरु गरिएको हो । 

    वेबसाइट कम्पिटिसनको माध्यमबाट यसमा झु‌काव भएका विद्यार्थीको प्लेटफर्मको रुपमा विस्तार गर्ने र आईटीमा अगाडि बढ्ने सपना बोकेका पछिल्लो पुस्ता तयार गर्न अघिल्ला सिजनबाट सम्भव भएको उनको भनाइ छ । 

    “पहिलो सिजनमा विद्यार्थी आफैले पनि यो प्रतियोगिता माथि विश्वास गरेका थिएनन्, यो कसरी सम्भव हुन्छ भन्ने कुराको अन्यौलता उनीहरूमा थियो । उनीहरूलाई कम्प्युटरमा फोटोसप, वर्ड, एक्सल मात्र सिक्ने भन्ने थियो,” उनले भने । 


    लाइफ कम्प्युटर आईटी ट्रेनिङको क्षेत्रमा क्रियाशिल छ । संस्थाले एक दशकभन्दा लामो समयदेखि हजारौं विद्यार्थीलाई यस क्षेत्रमा लाग्न प्रेरणा दिदै आएको छ ।

    उनका अनउसार लाइफ कम्प्युटरले राज्यको नीति नै प्रविधिमैत्री बन्नुपर्ने र नेपाल आईटी हबको रूपमा स्थापित हुनुपर्ने मान्यता राख्छ । संस्थाका हरेक गतिविधि यसैतर्फ केन्द्रीत छन् । 

    लाइफ कम्प्युटरले २०७४ सालदेखि एसईई दिएर बसेका विद्यार्थीको सहभागितामा ‘वेबसाइट कम्पिटिसन’ समेत गर्दै आएको छ ।

    स्थापनाकालदेखि नै सूचना प्रविधि (आईटी)को क्षेत्रको सुधारको लागि विभिन्न काम गर्दै आएको संस्थाले अहिलेको पुस्तालाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउनको लागि विद्यालयदेखि नै सक्रिय बनाउनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै वेबसाइट कम्पिटिसनको अवधारणा ल्याएको हो । 

    सूचना प्रविधिको विकासलाई हेर्दा अहिलेको समय आर्टिफिसियल इन्टेलेजेन्स (एआई)को हो । 

    विद्यार्थीहरूले कम्तिमा कोडिङसम्बन्धी जानकारी राख्नुपर्छ भन्ने उद्देश्यले वेबसाइट डिजाइनमा जोड दिँदै आएको लाइफ कम्प्युटरका अध्यक्ष पोखरेलले बताए । 

    “विद्यालयस्तरमा यस विषयमा अध्ययन नगरेको भएपनि विद्यार्थीको स्वाभाव जिज्ञासु हुने हुनाले एसईई पछिको तीन महिनामा प्रतियोगितामा सहभागी हुनकै लागि पनि यस विषयमा तयारी गर्छन् र जानकारी हासिल गर्छन् भन्ने मान्यता यो प्रतियोगिताले राख्छ,” उनले भने । 

    यो प्रतियोगितमा एसईई दिएर बसेका जुनसुकै विद्यार्थी सहभागी हुन पाउने प्रावधान छ । लाइफ कम्प्युटरमै अध्ययन गर्ने विद्यार्थी पनि यसमा सहभागी हुँदै आएका छन् भने अन्य संस्थामा अध्ययन गर्दै आएका र अध्ययन नगरेरै पनि आफ्‌नै किसिमले तयारी गर्दै आएका विद्यार्थी पनि प्रतियोगितामा सहभागी हुदै आएका छन् ।

    “संस्थाको धारणा यो भन्दा माथि गएर उनीहरूलाई सिएसएस, एचटीएमएल, जावास्क्रिप्ट सिकाउन भन्ने थियो । यो अभियानको उद्देश्य विद्यार्थीमा कोडिङको साक्षरताको विकास पनि थियो,” अध्यक्ष पोखरेलले भने, “विस्तारै पछिल्ला सिजनमा बुझाईमा निखारता र परिवक्वता पनि विद्यार्थीमा देखिन थालेको छ । संसार एआईको जमानामा पुग्दा कम्तिमा हाम्रो विद्यार्थी भाइबहिनीमा कोडिङसम्बन्धी सामान्य चेतनाको विकास भएको छ।”

    यसको उद्देश्य आफूलाई कोडिङमा इच्छा हुँदाहुँदै विविध कारणले मन मारेर बस्नुपरे जस्तै अहिलेका भाइबहिनीलाई त्यो अवस्था नआओस् भन्ने रहेको उनले बताए । 

    उनका अनुसार अर्को नेपाल आईटीको देश हो है भनेर चिनाउनको लागि गरिएको सानै भएपनि पहल हो, यसका हरेक गतिविधि त्यसैतर्फ केन्द्रीत छन् । 

    उनले भेन, “पूर्ण आईटी समाजको परिकल्पनाु भन्ने हाम्रो दीर्घकालीन लक्ष्य नै छ । अहिले हरेक दृष्टिले नेपालको नं १ आईटी ट्रेनिङ इन्स्टिच्युटको रुपमा संस्थालाई स्थापित गराएका छौँ।”

    विश्व बजारलाई हेर्दा आईटी क्षेत्र एआईको युगमा पुगिसकेको छ । इन्टरनेशनल लेभलका करिकुलम हेर्ने हो भने हरेक वर्ष परिवर्तन हुँदै गएका छन्। अहिलेको जेनेरेसन पनि बदलिएको छ, हिजोको जेनेरेसनलाई हेरेर मात्र काम गरेर पुग्दैन यो क्षेत्रलाई हेर्दा अहिलेको जेनेरेसन र आईटी क्षेत्रमा अहिलेसम्म भएको विकासलाई हेर्न सक्नुपर्छ ।

     पहिलेको पढाई र अहिलेको पढाई पनि एकनास हुन सक्दैन । हामी शिक्षाको प्रणालीमा सुधारको आवश्यकता छ भन्नको लागि एउटा झिल्कोको रूपमा काम गर्न चाहान्छौं र त्यसरी नै अगाडि बढी रहेका छौं ।

    आईटीका क्षेत्रमा राज्यको भूमिका अन्वेषण, खोज, अनुसन्धानमा लगानी शून्य कै अवस्थामा छ । उनका अनुसार आईटी क्षेत्रलाई दिने प्राथमिकतालाई हेर्दा राज्य धेरै पछाडि नै छ । निजी क्षेत्रबाट केही प्रयास छन् तर ती पर्याप्त छैनन्, विद्यालयका कोर्षका केही आईटीका कुरा जोडिएको भएपनि विद्यार्थीले व्यवहारिक अभ्यास गर्न पाएका छैनन् । विद्यार्थीलाई रियलमै त्यसको अभ्यास गर्न जरुरी छ ।

    शिक्षाका जिम्मेवार निकायमा रहेका व्यक्तिले पाठ्यक्रममा कसरी परिवर्तन गर्न सकिन्छ, बरु पाठ्यक्रमलाई कसरी प्रविधिमैत्री बनाउन सकिन्छ भन्ने कुरा हाम्रो आवश्यकता, उपलब्धता, माटोमैत्री बनाउन सकिन्छ । अहिले शिक्षामा कसरी परिवर्तन गर्न सकिन्छ भन्ने कुरामा बहस नै सृजना हुन सकिएन, यसका लागि जानकार विज्ञको राय लिनुपर्ने अध्यक्ष पोखरेलले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार