सेबोन अध्यक्ष नियुक्ति प्रकिया अन्योलमा, महान्यायाधिवक्ता कार्यालयले के दियो सुझाव ?

सेबोन अध्यक्ष नियुक्ति प्रकिया अन्योलमा, महान्यायाधिवक्ता कार्यालयले के दियो सुझाव ?

मंगलवार, असार ११ २०८१
मंगलवार, असार ११ २०८१
  • images
    images
    सेबोन अध्यक्ष नियुक्ति प्रकिया अन्योलमा, महान्यायाधिवक्ता कार्यालयले के दियो सुझाव ?

    काठमाडौँ / नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्योलमा परेको छ । सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारमध्ये तीन जनाले पटकपटक अन्तरवार्ता बहिस्कार गरेसँगै थप नियुक्ति प्रक्रिया कसरी जाने भन्ने अन्योल बढेको हो । 

    महान्यायाधिवक्ताको कार्यालयले थप एक जनासहित तीन जनाको नाममा सिफारिस गर्न वा अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द गर्न सेवन अध्यक्ष छनोट तथा सिफारिस समितिलाई सुझाव दिएको छ । सर्टलिस्टमा परेका पाँच जनालाई आइतबार अन्तर्वार्ता तथा कार्यप्रस्तुतिका लागि बोलाएकोमा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ बाहेक बाँकी तीन जना उम्मेदवार चिरञ्जीवी चापागाईँ, कृष्णबहादुर कार्की र डा. नवराज अधिकारी अनुपस्थित रहे । 

    सर्टलिस्टको बहुमत उम्मेदवार आइतबारको अन्तर्वार्तामा अनुपस्थित भएपछि छनोट समितिले पुनः बुधबार बोलाएको थियो । बुधबार पनि तीनै जना उम्मेदवार अन्तरवार्तामा उपस्थित भएनन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको तीन सदस्यीय धितोपत्र बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिले अध्यक्ष छनोट प्रक्रियाबारे महान्यायाधिवक्ता कार्यालयसँग राय सुझाव माग गरेको थियो । 

    सोही अनुसार महान्यायाधिवक्ता कार्यालयले दुई जनाको नाम सिफारिस गर्न नमिल्ने कम्तीमा ३ जनाको नाम सिफारिस गर्न सक्ने सुझाव दिएको स्रोतले जनाएको छ । कानुनी रूपमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएकाले समितिले कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्न सक्ने महान्याधिवक्ता कार्यालयको सुझाव छ ।

    यसैगरी, पुनः सूचना जारी गरी तीन जनालाई कार्यप्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाउन सक्ने विकल्प पनि रहेको कार्यालयले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार