images
images

जेठसम्ममा जीवन बीमा कम्पनीहरूले संकलन गरे १ खर्ब ३३ अर्ब माथि बीमा शुल्क, कुनले कति ?

जेठसम्ममा जीवन बीमा कम्पनीहरूले संकलन गरे १ खर्ब ३३ अर्ब माथि बीमा शुल्क, कुनले कति ?

मंगलवार, असार ११ २०८१
मंगलवार, असार ११ २०८१
  • जेठसम्ममा जीवन बीमा कम्पनीहरूले संकलन गरे १ खर्ब ३३ अर्ब माथि बीमा शुल्क, कुनले कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को को जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब बढी कुल बीमा शुल्क संकलन गरेका छन् । 

    images
    images
    images
    images

    नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको जेठ महिनासम्मा हाल सञ्चालनमा रहेका १४ जिवन बीमा कम्पनीहरूले कुल १ खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुलक संकलन गरेका हुन् । उक्त समयमा जिवन बीमा कम्पनीहरूले १ करोड ४० लाख १२ हजार ३०२ वटा बीमा पोलिसी विक्री गरेका छन् । 

    नेपाल लाइफले संकलन गर्यो सबैभन्दा धेरै

    यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३५ अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

    अन्य कुन कम्पनीको कति ? 

    नेपाल लाइफ इन्स्योरेन्स पछि सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १५ अर्ब ९८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

    यस्तै, तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले १८ अर्ब ८९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

    त्यस्तै, हिमालयन लाइफले १४ अर्ब ६४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ भने सूर्यज्योति लाइफले ८ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

    एशियन लाइफले ७ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ९५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सिटिजन लाइफले ५ अर्ब २९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

    त्यसैगरी सानिमा रिलायन्स लाइफले ५ अर्ब ३२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । मेट लाइफले ५ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

    आइएमई लाइफले ४ अर्ब ४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ७१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

    रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ३ अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार