images
images

मेटलाइफ ग्राहकहरूले १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट पाउने

मेटलाइफ ग्राहकहरूले १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट पाउने

मंगलवार, असार ११ २०८१
मंगलवार, असार ११ २०८१
  • मेटलाइफ ग्राहकहरूले १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट पाउने

    काठमाडौँ / मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न डिजाइन गरिएको एक विशेष अभियान सीमित अवधिको लागि सुरु गरेको घोषणा गरेको छ ।

    images
    images
    images
    images

    यस अभियान अन्तर्गत सक्रिय ग्राहकहरुलाई डिजिटल लाइफ कार्ड सेवा तुरुन्त उपलब्ध गराइने कम्पनीले जनाएको हो । यो विशेष अफरको लागि योग्य हुन, मेटलाइफका ग्राहकहरूले आफ्नो कुनै पनि जीवन बीमा पोलीसीको असार ३१, २०८१ अघि आफ्नो बीमाशुल्क तिर्नु पर्नेछ । 

    उनीहरूले वान बाई मेटलाइफ एपमा दर्ता र लग इन गरेर भुक्तानी गरेको भोलिपल्टै आफ्नो डिजिटल लाइफ कार्ड प्राप्त गर्न सक्नेछन् । यो सुविधाद्वारा ग्राहकहरूले तुरुन्तै आफ्नो स्वास्थ्य आवश्यकताहरूलाई पूर्ति गर्न विभिन्न छुटहरुको फाइदा लिन सक्नेछन् । 

    लाइफ कार्डले ग्राहकहरूलाई अस्पताल, क्लिनिक, स्वास्थ संस्था र स्पा सहित १०० भन्दा बढी स्वास्थ्य र कल्याण केन्द्रहरूमा छुट दिन्छ । यस पहलले मेटलाइफ नेपालको परम्परागत बीमा कभरेजभन्दा बाहिरका महत्त्वपूर्ण लाभहरू प्रदान गर्दै ग्राहकहरूलाई सुलभ रुपमा स्वास्थ सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँछ ।

    मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक श्री निर्मलकाजी श्रेष्ठले भने, “यस अभियान मार्फत हामीले हाम्रा ग्राहकहरुका लागि स्वास्थ्य सेवालाई सहज बनाउँदैछौँ । यसले हाम्रा ग्राहकहरूमा पार्ने सकारात्मक प्रभावको बारेमा हामी उत्साहित छौं र उनीहरूको स्वास्थ्य सेवामा पहुच पुर्याउने तरिकाहरूमा नवप्रवर्तन गर्न जारी राख्न तत्पर छौं ।“

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार