images
images

बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनी कुन–कुन ?

बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनी कुन–कुन ?

बुधवार, असार १२ २०८१
बुधवार, असार १२ २०८१
  • बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनी कुन–कुन ?

    काठमाडौँ / आज बुधबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५६ प्रतिशत अर्थात ११.६० अंकले घटेर २०६०.१६ विन्दुमा सीमित बनेको छ ।

    images
    images
    images
    images

    आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये दुई वटा समूहमा मात्रै हरियाली छायो भने अन्य ११ वटा समूहमा रातो छाएको छ । 

    धरै गुमाउने कम्पनीहरु

    सबैभन्दा धेरै सेयरमूल्य घट्ने कम्पनीको रुपमा आज साधना लघुवित्त कम्पनी रह्यो । यो कम्पनीको सेयरमूल्य ६.३८ प्रतिशतले घट्यो । यस्तै आज हिमालयन उर्जाको सेयरमूल्य ५.२५ र मिल सोलु हाईड्रोको सेयरमूल्य ४.२६ प्रतिशतले घट्यो ।

    2.JPG

    धरै कमाउने कम्पनीहरु

    आज नेपाल फाइनान्स कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यो दिन शिवश्री हाईड्रोको सेयरमूल्य ७.२६ प्रतिशत,गणपति लघुवित्तको ७.१३,मुक्तिनाथ कृषि कम्पनीको ६.५० प्रतिशत र स्वाभिमान लघुवित्तको सेयरमूल्य ५.१० प्रतिशतले बढ्यो ।  

    1.JPG

    धेरै कारोबार गर्ने कम्पनीहरु

    यो दिन नेपाल फाइनान्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको १६ करोड ४६ लाख बढीको सेयर कारोबार भएको छ ।  

    यस्तै आज गूडविल फाइनान्सको १५ करोड १६ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको १३ करोड ३३ लाख,ग्लोबल आईएमई लघुवित्तको ८ करोड ८२ लाख र पोखरा फाइनान्सको ८ करोड ८१ लाख बढीको सेयर कारोबार भयो ।  

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार