कार्यकाल नसकिदै हिमालयन एभरेष्टका सिइओ शाह पदमुक्त, निमित्त सिइओ बनिन् अञ्जु

कार्यकाल नसकिदै हिमालयन एभरेष्टका सिइओ शाह पदमुक्त, निमित्त सिइओ बनिन् अञ्जु

बिहिवार, असार १३ २०८१
बिहिवार, असार १३ २०८१
  • images
    images
    कार्यकाल नसकिदै हिमालयन एभरेष्टका सिइओ शाह पदमुक्त, निमित्त सिइओ बनिन् अञ्जु

    काठमाडौँ / हिमालयन एभेरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजय बहादुर शाह पदमुक्त भएका छन् । कम्पनीको बुधबार सञ्चालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको निर्देशनमा सिइओ शाह आज बिहीबारदेखि नै पदमुक्त भएका हुन् । 

    कार्यकाल पुरा नहुँदै सञ्चालक समितिको निर्णयले आजदेखि नै सिइओ पदमा वहाल नरहने गरी हटाएको हो । 

    २०७८ फागुन १ गते ४ वर्षका लागि नियुक्ति पाएका शाहको कार्यकाल पूरा हुन डेढ वर्षभन्दा बढी अवधि बाँकी रहेको छ । 

    साथै, बैठकले उनको जिम्मेवारी कम्पनीका नायब प्रमुख कार्यकृत अन्जु श्रेष्ठलाई दिने निर्णय गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रेष्ठलाई दिने निर्णय गरेको कम्पनी सचिव ध्रुवप्रसाद न्यौपानेले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार