ईयूद्वारा युक्रेनलाई एक अर्ब ९० करोड यूरो प्रदान

ईयूद्वारा युक्रेनलाई एक अर्ब ९० करोड यूरो प्रदान

शुक्रवार, असार १४ २०८१
शुक्रवार, असार १४ २०८१
  • images
    images
    ईयूद्वारा युक्रेनलाई एक अर्ब ९० करोड यूरो प्रदान

    युरोपियन युनियनले युक्रेनलाई रूससँगको द्वन्द्वको बीचमा युक्रेनको प्रतिरक्षा र सुरक्षाका लागि १.९ अर्ब युरो प्रदान गरेको छ ।

    युरोपेली सङ्घका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेन सुविधाअन्तर्गत कोषको उद्देश्य युक्रेनी राज्यलाई ‘स्वतन्त्रताका लागि लडाइँ’ गर्दा चलाउनका लागि रहेको बताउनुभयो । 
     
    उहाँले युक्रेनसँगको विलय वार्ताको उद्घाटनलाई ‘ऐतिहासिक क्षण’ को रूपमा वर्णन गर्दै किएभले ईयूमा आफ्नो ‘सही स्थान’ पाउने बताउनुभयो ।  

    जेलेनेस्कीले एक ऐतिहासिक क्षणमा आफ्नो सही स्थान पाउने बताउदै युक्रेन सुविधाअन्तर्गत अरबौँ रकम वितरण गरिने ईयू प्रमुखले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ ।

    यसअघि ईयूले गत हप्ता यूरोपेली समूहका सदस्य राष्ट्रहरूबाट स्वीकृति प्राप्त गरेपछि युक्रेन र मोल्दोभासँग प्रवेश वार्ता सुरु गरेको अल जजिराले जनाएको थियो ।
    हङ्गेरीले यस कदमलाई रोक्ने प्रयास गरेपनि गत हप्ता समूहका २७ सदस्यहरूको सम्झौता सुरक्षित भएको थियो ।

    टर्की र धेरै पश्चिमी बाल्कन राज्यहरूले विलय प्रक्रियामा वर्षौं बिताएका हुनाले वार्ताले अन्ततः ईयू सदस्यतामा लैजाने सुनिश्चितता  भने गरेको छैन ।

    वार्ताले जारी रुस र–युक्रेनको द्वन्द्वले युरोपेली सङ्घको सदस्यता विस्तार गर्ने प्रयासलाई पुनः र्जीवित भने  गरेको छ । 

    युक्रेनले आक्रमणको लगत्तै पछि सन् २०२२ फेब्रुअरीमा समूहमा सामेल हुने आफ्नो इच्छा दर्ता गरÞेसंगै छिमेकी मोल्दोभा नजिकबाट पछि लागेको छ ।

    वार्ता सुरु गर्न हस्ताक्षर गर्नुभन्दा पहिले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभयो, “यो साँच्चै ऐतिहासिक क्षण भएको र युक्रेन सधैँ एकताबद्ध युरोपको हिस्सा भएको र रहनेछ ।”

    देशहरूमा कानूनले पहिले नै ईयू मापदण्डहरू पालना गरेको  र अझ कति काम अगाडि छ भनेर स्क्रिनिङ गर्ने प्रक्रियाबाट प्रवेश वार्ताको सुरुवात भएको छ । त्यसपछि इयुले करदेखि वातावरणीय नीतिसम्म ३५ वटा विषयमा वार्ताका लागि सर्तहरू राख्न सुरु गर्नुपर्छ ।

    अल जजिराका अनुसार, हङ्गेरीले युरोपेली सङ्घको घुमाउरो अध्यक्षता गर्ने आगामी छ महिनामा अर्को चरणतर्फ प्रगति हुने सम्भावना छैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार