चट्याङ लागेर सर्लाहीमा एक महिलाको मृत्यु

चट्याङ लागेर सर्लाहीमा एक महिलाको मृत्यु

शुक्रवार, असार १४ २०८१
शुक्रवार, असार १४ २०८१
  • images
    images
    चट्याङ लागेर सर्लाहीमा एक महिलाको मृत्यु

    बरहथवा (सर्लाही) / सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । 

    चट्याङ लागेर गम्भीर घाइते भएकी बागमती नगरपालिका–१ की ६४ वर्षीया गोमा आले मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

    आज बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा मगर चट्याङ लागेर घाइते भएकी थिइन् । 

    उनको उपचारका क्रममा पर्साको वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 

    यसैबीच, चट्याङबाट लालबन्दी नगरपालिका–१७  गैरी टोलका मङ्गल कामीको घरमा क्षति पुगेको छ । 

    यस्तै बुधबार परेको चट्याङबाट ईश्वरपुर नगरपालिका–१३ र १६ का ६ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार