images
images

अमेरिकाले बी-५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति

अमेरिकाले बी-५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति

सोमवार, कार्तिक १९ २०८१
सोमवार, कार्तिक १९ २०८१
  • अमेरिकाले बी-५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति
    images
    images

    इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले इरानमा बी-५२ बमवर्षक विमान तैनाथ गरिएपछि अमेरिकाको आलोचना गरेका छन् । “यस क्षेत्रमा अमेरिकाको उपस्थिति अस्थिर उपस्थिति भएको हाम्रो बुझाई रहेको छ,” बाघाईले एक पत्रकार सम्मेलनमा भने। 

    “यसले आफ्नो रक्षा गर्ने (इरानको) सङ्कल्पलाई रोक्न सक्दैन,” उनले भने । अमेरिकी सेनाले शनिबार मध्यपूर्वमा बी-५२ बमवर्षक विमान तैनाथ गरिने चेतावनी इरानलाई दिएको छ।

    अक्टोबर १ मा इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले इरानसमर्थित लडाकू नेता र रिभोल्युसनरी गार्डका कमाण्डरको हत्या गरेको थियो भने यसको बदलामा पुनः इजरायलले इरानविरूद्ध आक्रमण गरेको थियो । 

    उक्त आक्रमणमा परी कम्तीमा चार सैनिकको मृत्यु हुनुका साथै केही राडार प्रणालीमा ‘सीमित क्षति’ पुगेको अधिकारीहरूले बताएका छन् । इरानी सञ्चारमाध्यमले पनि एक जना सर्वसाधारणको मृत्यु भएको जनाएका छन् ।

    बघाईले इरानको प्रतिक्रिया ‘निश्चित र निर्णायक’ हुने बताएका छन् । इरानसमर्थित हमास र हिजबुल्लाह सशस्त्र समूहसँग इजरायल युद्धरत गाजा र लेबनानमा युद्धविरामका लागि दबाब दिन इरानले ‘सबै पहल र प्रयास’लाई समर्थन गरेको उनले बताए । 

    इजरायलले अक्टोबर २६ मा इरानको प्रतिरक्षा क्षमता र क्षेप्यास्त्र उत्पादनलाई लक्षित गरी आक्रमण गरेको बताएको थियो। सोमबार इरानका राष्ट्रपति मसूद पेजेशकियानले इरानसँग क्षेप्यास्त्र रहेको भन्दै इजरायलले हामीमाथि आक्रमण गर्ने आँट नगर्ने बताएका थिए । 

    पत्रकार सम्मेलनमा बघाईले इरानले आणविक सिद्धान्त परिवर्तन नगर्ने र आणविक अस्त्रको अनुसरण नगर्ने आधिकारिक अडान यथावत रहेको बताए । 

    इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको हालैको सम्बोधनलाई उद्धृत गर्दै बघाईले इस्लामिक गणतन्त्र इरान आफ्नो रक्षाका लागि आवश्यक सबै कुराबाट सुसज्जित हुने बताएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार