प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित

आइतवार, असार १६ २०८१
आइतवार, असार १६ २०८१
  • images
    images
    प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित

    काठमाडौँ / प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ । 

    सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।
     
    उक्त विधेयकमाथिको छलफलमा सांसदहरु प्रेम सुवाल, डा प्रशाकशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिएका थिए । 

    छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताए । 
     
    त्यसअघि उक्त विधेयकमाथि सांसद सुवाल र महतले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार