जुन महिनामा भित्रिए ७६ हजार पर्यटक, कुन मुलुकबाट कति ?

जुन महिनामा भित्रिए ७६ हजार पर्यटक, कुन मुलुकबाट कति ?

सोमवार, असार १७ २०८१
सोमवार, असार १७ २०८१
  • images
    images
    जुन महिनामा भित्रिए ७६ हजार पर्यटक, कुन मुलुकबाट कति ?

    काठमाडौँ / सन् २०२४ को जुन महिनामा ७६ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन् । 

    पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२४ को जुन महिनामा ७६ हजार ७३६ पर्यटक नेपाल आएका हुन् । यससँगै सन् २०२४ को ६ महिनामा ५ लाख ८३ हजार १६ पर्यटक भित्रिएका हुन्।

    बोर्डको तथ्याङ्क अनुसार जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ७९ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६ र मे मा ९० हजार २११ पर्यटक भित्रिएका थिए।

    जुन महिनामा सबैभन्दा धेरै ३७ हजार ८३५ भारतीय पर्यटक भित्रिएका छन्। त्यस्तै अमेरिकाबाट ८ हजार २८१, चीनबाट ७ हजार ४९४, बंगलादेशबाट ३ हजार ८५७, बेलायतबाट एक हजार ९६९, अष्ट्रेलियाबाट एक हजार ५८९ पर्यटक भित्रिएका छन्

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार