सरकार फेरिने भएसँगै लगानीकर्तामा उत्साह, नेप्से २१०० माथि, कतिको भयो कारोबार ?

सरकार फेरिने भएसँगै लगानीकर्तामा उत्साह, नेप्से २१०० माथि, कतिको भयो कारोबार ?

मंगलवार, असार १८ २०८१
मंगलवार, असार १८ २०८१
  • images
    images
    सरकार फेरिने भएसँगै लगानीकर्तामा उत्साह, नेप्से २१०० माथि, कतिको भयो कारोबार ?

    काठमाडौँ / सरकार परिवर्तनको खबरले लगानीकर्तामा उत्साह आउँदा शेयर बजारमा मंगलबार हरियाली छाएको छ । 

    कारोबारको सुरुवातमै सकारात्मक सर्किट ब्रेक लागेको बजारमा दोस्रो पटक पनि सर्किट ब्रेक लागेर कारोबार ४० मिनेटको लागि स्थिगित गरिएको थियो । 

    त्यसपछि खुलेको बजारको बढाई घटेको छ । आज १०२ अंकसम्म बढेको नेप्से परिसूचक अन्तिम समयमा ४७ अंकले बढेर २१ सयको विन्दुमाथि बन्द भएको छ ।

    आज २२७ कम्पनकिो शेयर मूल्य बढेको छ भने १७ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै एनआरएनको १२ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गुडविल फाइनान्सको ११ करोड १० लाख रुपैयााको शेयर कारोबार भएको छ । यूनाइटेड इर्दी मर्दिको १० करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै हिमालयन हिमालयन डिष्टिलरीका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् । 

    समाज लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ६ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्सका लगानीकर्ताले ५ दशलमव ७४ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनकि लगानिकर्ताले ६ दशलमव ४६ प्रतिशतका दरले गुमाएका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार